क्यानको महानिर्देशक पदका लागि २१ जनाको आवेदन

<span class='c1'>क्यानको महानिर्देशक पदका लागि</span> <span class='c2'>२१ जनाको आवेदन</span>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महानिर्देशक पदका लागि आवेदन परेका उम्मेदवारको संख्या सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार पदपूर्तिका लागि यही वैशाख १२ गतेदेखि आवेदन आह्वान गरिएको थियो ।

प्राधिकरणको नेतृत्व चयनका लागि खुलाइएको उक्त पदमा अपेक्षाअनुसार उच्च रुचि देखिएको मन्त्रालयले जनाएको छ । अब प्राप्त आवेदनहरूको प्रारम्भिक छनोट तथा मूल्यांकन प्रक्रिया अघि बढाइने र योग्य उम्मेदवारहरूलाई थप प्रक्रियामा सहभागी गराइने बताइएको छ ।

महानिर्देशक पद क्यानको प्रमुख कार्यकारी जिम्मेवारी सम्हाल्ने पद भएकाले यसमा प्रतिस्पर्धा उच्च हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्