बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

<span class='c1'>बीमा प्राधिकरणमा निर्देशकहरूको</span> <span class='c2'>जिम्मेवारी हेरफेर</span>

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ। संस्थागत सुशासन र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित पाँच निर्देशकको विभागीय जिम्मेवारी परिवर्तन गरिएको हो। प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा नयाँ कार्यविभाजन लागू गरेकी हुन्।

नयाँ जिम्मेवारी अनुसार कुन्दन सापकोटाले सुपरिवेक्षण महाशाखा, पूजन ढुंगेल अधिकारीले व्यवस्थापन महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन्। यसअघि उनीहरू क्रमशः व्यवस्थापन र अनुसन्धान विभागमा कार्यरत थिए। त्यसैगरी, ध्रुव तिमिल्सिनालाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिइएको छ भने कमलप्रसाद रेग्मीलाई नियमन र शम्भराज लामिछानेलाई कानुन महाशाखाको नेतृत्व दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्