विराटनगरको न्यू युरो किड्सको स्पष्टिकरण : गलत सूचना फैलाइयो

<span class='c1'>विराटनगरको न्यू युरो किड्सको स्पष्टिकरण</span> <span class='c2'>: गलत सूचना फैलाइयो</span>

विराटनगर । विराटनगरस्थित दुर्गा चोकमा सञ्चालनमा रहेको न्यू युरो किड्स प्रि-प्राइमरी स्कुलले हालै उत्पन्न विवादबारे आधिकारिक सूचना जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ। विद्यालयका अनुसार २०७९ फागुन ७ गते स्थापना भएदेखि नै संस्थाले नाफाभन्दा समाज सेवामा केन्द्रित रही गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ।

सूचनामा उल्लेख भएअनुसार सरस्वती पूजाको अवसरमा तत्कालीन प्रिन्सिपल डली अग्रवाल गोल्छा र को-अर्डिनेटर तारा कार्कीले आफ्नो जिम्मेवारी उल्लंघन गर्दै “युरो किड्स वर्ल्ड” नामक नयाँ विद्यालय सञ्चालन गरेको आरोप लगाइएको छ। विद्यालय व्यवस्थापनले उनीहरूले औपचारिक राजीनामा नदिई अभिभावक, विद्यार्थी तथा शिक्षकहरूलाई विद्यालय स्थानान्तरण भएको भनी गलत सूचना दिएको दाबी गरेको छ।

विद्यालयले शैक्षिक सत्रकै बीचमा गरिएको यस्तो गतिविधिलाई गैरजिम्मेवारपूर्ण ठहर गर्दै यसबाट विद्यार्थीहरूको भविष्यमा नकारात्मक असर परेको जनाएको छ। साथै, यस्ता कार्यहरू कानुनी कारबाहीको दायरामा पर्ने समेत चेतावनी दिइएको छ।
यता, न्यू युरो किड्स प्रि-प्राइमरी स्कुलले हाल नयाँ व्यवस्थापन टिममार्फत सञ्चालन भइरहेको जानकारी दिँदै राज्य लक्ष्मी गोल्छाको नेतृत्वमा विद्यालयलाई अघि बढाइएको उल्लेख गरेको छ। विद्यालयले सबै शिक्षकहरूको साथ र सहयोग पनि प्राप्त भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्