हर्कको पार्टी प्रवेश गर्दै सुदनले भने : जनताको आदेशलाई मानेका हौँ

<span class='c1'>हर्कको पार्टी प्रवेश गर्दै सुदनले भने</span> <span class='c2'>: जनताको आदेशलाई मानेका हौँ</span>

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँतीले श्रम संस्कृति पार्टी प्रवेश गरेका छन् । शुक्रबार बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत उनले श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन् । किराँतीलाई पार्टीका अध्यक्ष हर्क साम्पाङले स्वागत गरे । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै किराँतीले पार्टी एकता जनताको चाहनाअनुसार भएको दाबी गरे । उनले आफूहरुको एकताको यो ऐतिहासिक घडी भएको बताए ।

उनले भने, ‘एकता ऐतिहासिक घडी हो । एकता किन भन्दा सम्पूर्ण जनताहरुले दवाव दिनुभयो । जनताको चाहना अनुसार एकता भएको हो । आँखामा सपना र मनमा बाचा बोकेर, काँधमा जिम्मेवारी, छातीमा इमानदारिता बोकेर ऐतिहासिक कार्यक्रममा छौं । जनताको चाहना पूरा गर्यौं, जनताको आदेश हामीले मान्यौं र हामीले ऐतिहासिक एकता पनि गर्यौं ।’आँखामा सपना र मनमा बाचा बोकेर, काँधमा जिम्मेवारी र छातीमा इमानदारिता बोकेर यो एकता भएको बताए । किराँतीले अब जनताले आफूहरूलाई साथ दिने विश्वास गरे ।

उनले भने, ‘अब तपाईंहरु सबैले हामीलाई साथ दिनुहोस् । यो गाहे लगाउने कथा मात्रै होइन, घर बनाउने कथा मात्रै होइन, ढुंगा र माटोको सम्बन्ध तीन करोड नेपाली जनता अब यो नेपालको माटो र बाटोमा अब हामी हिड्नैपर्छ ।’उनले इतिहासको गम्भिर समिक्षा गर्दै इतिहासको त्रुटिहरुबाट शिक्षा लिनुपर्ने बताए। उनले भने, ‘हामी त्यत्तिकै एकता भएका छैनौं, हामीले इतिहासको गम्भिर समिक्षा गरेका छौं । इतिहासको त्रुटिहरुबाट शिक्षा लिएका छौं । घटेको घटनाहरुबाट शिक्षा लिँदै एकताको यो विन्दुसम्म आइपुगेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्