बिराट मेडिकल कलेजमा “बिराट इन्डिया मेडिकल कन्क्लेभ” सम्पन्न

<span class='c1'>बिराट मेडिकल कलेजमा “बिराट</span> <span class='c2'>इन्डिया मेडिकल कन्क्लेभ” सम्पन्न</span>

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको सेन्ट्रल हलमा आइतबार “बिराट इन्डिया मेडिकल कन्क्लेभ” कार्यक्रम सम्पन्न भएको छ। हस्पिटलको मार्केटिङ विभागको आयोजनामा कार्यक्रम गरिएको हो।

कार्यक्रममा भारतका विभिन्न स्थानबाट आएका ३६० भन्दा बढी चिकित्सक, स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा हस्पिटलका विशेषज्ञ चिकित्सकहरूले विभिन्न क्लिनिकल विभागसँग सम्बन्धित प्रस्तुति दिएका थिए।

प्रस्तुतिका क्रममा विभिन्न रोगहरूको पहिचान, आधुनिक उपचार विधि तथा बिरामीको हेरचाह सम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गरिएको हस्पिटलले जनाएको छ। साथै भारतीय नागरिकहरूले बिराट मेडिकल कलेज टिचिङ हस्पिटलबाट प्राप्त गर्न सक्ने स्वास्थ्य सेवा, उपलब्ध विशेषज्ञता तथा उपचार प्रक्रियाका विषयमा समेत विस्तृत जानकारी दिइएको थियो। कार्यक्रमले नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा आपसी सहकार्य तथा सम्बन्ध थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्