प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले जवाफ दिन सक्ने व्यवस्था छ : प्रमुख सचेतक बुर्लाकोटी

<span class='c1'>प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले जवाफ दिन सक्ने</span> <span class='c2'>व्यवस्था छ : प्रमुख सचेतक बुर्लाकोटी</span>

काठमाडौं । सत्तारुढ दल रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीले तोकेको मन्त्रीले भाग लिने र जवाफ दिने कानुनी रुपमा व्यवस्था रहेको स्पष्ट पारेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने माग गर्दै विपक्षीहरुले संसद अवरोध गरेपछि सत्तापक्षबाट उनले जवाफ दिएका हुन् ।

उनले भने,‘प्रतिनिधिसभा नियमावलीको धारा ३८ को उपधारा ३ अनुसार प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट नीति तथा कार्यक्रममा भाग लिने र जवाफ दिने उल्लेख छ । त्यसैले सदनलाई नअल्झाइ छलफल अगाडि बढाउन अनुरोध गर्छु । आज प्रधानमन्त्रीले अर्थमन्त्रीलाई आफ्नो तर्फबाट प्रतिनिधि तोक्नुभएको जानकारी मलाई आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्