मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै

<span class='c1'>मधेश प्रदेशमा पहिलो पटक</span> <span class='c2'>महिला क्रिकेट प्रतियोगिता हुँदै</span>

जनकपुर । मधेश प्रदेशमा पहिलो पटक महिला खेलाडीहरुका लागि सहिद कप महिला क्रिकेट लिग प्रतियोगीता २०८३ सुरु भएको छ । बिहीबार (आज) देखि सुरु भएको उक्त प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाका महिला क्रिकेट खेलाडीहरुको उपस्थिती रहेको छ । मधेश खेलकुद परिषद्को अगुवाई र धनुषा जिल्ला क्रिकेट संघको सहकार्यमा सुरु भएको ८ दिनसम्म चल्ने यस क्रिकेट प्रतियोगितामा समूह ए र समूह बी गरेर १५ वटा खेलहरु हुनेछ ।

समूह ए अन्तर्गत पर्सा, बारा, रौतहट र सर्लाही रहेको छ भने समूह बी अन्तर्गत महोत्तरी, धनुषा, सप्तरी र सिरहा रहेका छन् । आजबाट सुरु भएको लिग चरणको खेल समाप्त भएपछि फाईनल खेल जेष्ठ ७ गतेदेखि सुरु हुने जनाइएको छ । मधेश प्रदेश सरकारले यस प्रतियोगिताका निम्ति ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । खेलका बिजेता टिम र म्यान अफ द म्याच, म्यान अफ द लिगका लागि ट्रफी र मेडल दिईने जानकारी गराइएको छ । आजको उद्घाटन खेल धनुषा र महोत्तरीबीच हुँदैछ भने आजै अर्को खेल सप्तरी र सिरहा टीमबीच हुनेछ ।

उद्घाटन कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशका निमित सचिव सुशील कुमार शाहले प्रदेशमा रहेका महिला खेलाडिहरुको प्रोत्साहन र नयाँ प्रतिभाहरुको पहिचानका निम्ति यस प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले रंङ्गशाला निर्माण प्रक्रिया अगाडि बढेको जानकारी गराए । उनले रंङ्गशाला निर्माण जति छिटो हुनेछ त्यत्ति नै छिटो जनकपुरधाम विकासको बाटोतर्फ नयाँ पाईला चाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्