पुटिनले पनि चीन भ्रमण गर्ने

<span class='c1'>पुटिनले पनि चीन</span> <span class='c2'>भ्रमण गर्ने</span>

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको छ। रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै भ्रमणको आधिकारिक मिति चाँडै घोषणा हुने जनाएको छ।

पत्रकारहरु सँगको साक्षतकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताए।भ्रमणकोे मिति चाँडै घोषणा गर्ने बताउदै उनले  भ्रमणको तयारी भइरहेको यसलाई अन्तिम रूप दिने काम भई रहेको पेस्कोभले उल्लेख गरे।

रूसी समाचार एजेन्सि तासका अनुसार पुटिनको आगामी चीन भ्रमण बारे गहन छलफल गरिएको छ। यद्दपी क्रेमलिनले पुटिनको भ्रमणको योजना र एजेन्डाको बारेमा थप विवरणहरू खुलासा गरेको छैन।

यसअघि मे –९ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत, चीन र अमेरिकालाई युक्रेन द्वन्द्वमा परिस्थिति जन्य सुचना प्रस्तुत गरेका थिए। जसमा दोस्रो विश्वयुद्धको सम्झनामा किएभ सँग तीन दिने युद्धविरामको लागि मार्ग प्रशस्त गरेबम थिए।यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीन स्ट्रेट अफ होर्मुज खुला भएको हेर्न चाहको बताएका थिए।

फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले राष्ट्रपति सी सम्झौता भएको हेर्न र आवाश्यक कुनै पनि मद्दत गर्न चाहेको बताए।

ट्रम्पले राष्ट्रपति सी लाई सेप्टेम्बर –२४ मा ह्वाइट हाउस भ्रमण गर्न निमन्त्रणा पनि दिएको जनाइएको छ।

ट्रम्पले अमेरिकी र चिनियाँ जनता बिचको सवृद्धी र स्थायी सम्बन्धका लागि हालैको अवसर तथा सम्झौता निकै विशेष रहेको उजागर गरेका छन्।

चीन र संयुक्त राज्य अमेरिकाका जनताहरुलाई सम्झदै सीले दुवै देशले एक  – अर्कालाई सफल हुन र सम्पूर्ण विश्वको कल्याणलाई अगाडि बढाउन मद्दत गर्न सक्ने बताए। एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्