कोशी राजमार्ग अन्तर्गत विराटनगर रानी–कन्चनबारी खण्ड मर्मतमा संघीय सरकार उदासिन

<span class='c1'>कोशी राजमार्ग अन्तर्गत विराटनगर रानी–कन्चनबारी</span> <span class='c2'>खण्ड मर्मतमा संघीय सरकार उदासिन</span>

विराटनगर । विराटनगर महानगरपालिका–१८ बुधनगरमा रहेको एकिकृत जाँचपास चौकी (आईसिपी) स्थित भन्सार बिन्दुबाट कोशी राजमार्गसम्मको साढे चार किलोमिटर सडकको कालोपत्रे भत्किएर चौपट्ट छ । सडक भत्कदाँ यो क्षेत्रमा दुर्घटना उतिकै हुने गरेको छ । भन्सार जाँचपास गराएर छुटेका सवारी साढे चारकिलोमिटर लिंक रोड पार गरेर कोशी राजमार्गमा आइपुग्छन् । त्यसपछि रानीदेखि कन्चनबारीसम्मको सडकको अवस्था बिजोक छ ।

कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–१४ देखि विराटनगर–४ कन्चनबारी चौकसम्मको सडकमा कतै डाँडा कतै पाखा छन् । यो सडक संघीय सरकार अन्तर्गत सडक विभाग मातहतको जिल्लास्थित डिभिजन सडक कार्यालय विराटनगरले हेर्नेमा पर्दछ । क्षेत्राधिकार नै नबुझेकाहरुले यो सडकमा पनि स्थानीय तह विराटनगर महानगरपालिकाले मर्मत नगरेको आरोप लगाउँछन् । तर, खासमा यसको मर्मत गर्ने जिम्मा संघीय सरकार मातहतको कार्यालयको हुन्छ ।

राजमार्ग वर्षेनी भत्कन थालेपछि यसको दवाव भने डिभिजन सडक कार्यालय विराटनगरलाई परेको छ । कार्यालयका इन्जिनियर एवं सुचना अधिकारी प्रभातकिरण राईका अनुसार सडकको उप्किएको कालोपत्रे काटेर टालटुल गर्ने काम अहिले पनि भइरहेकै छ । रानी–विराटनगर खण्डलाई ‘रिह्याभ’ गर्नुपर्ने देखिएको छ । त्यसका लागि सडक विभागसँग ३० करोड माग गरिएको उनले बताए । यसको टालटुलले मात्रै दिर्घकालिन समाधान नहुने भएकोले डिभिजन सडक कार्यालयले पुर्नस्थापना गर्ने योजना अगाडी सारेको हो । जसअन्तर्गत बारम्बार भत्कने स्थानको आसपास पुरै काटेर (डिस्मेन्टल) त्यहाँ नयाँ कालोपत्रे वा ढलाई गरिनेछ ।

भारतबाट मालवस्तु बोकेर आएका सवारीमा अधिक वजन हुन्छ । त्यसलाई नियमन गर्ने प्रयास समेत सफल हुन सकेको छैन । तर, त्यसको असर भने सडकमा परिरहेको छ । मालवस्तु बोकेर आउने सवारीको नियमन पनि संघीय सरकार अन्तर्गत यातायात कार्यालय र ट्राफिक कार्यालय मातहतमा पर्दछ । सडक विभागमा अहिले कोशी राजमार्गको रानी–विराटनगर खण्डको पुरै मर्मत गर्नुपर्ने गरी प्रस्ताव पेस गरिएको हो । यस अगाडी यो सडक तीन पटक मर्मत गरिसकिएको छ । अहिले एक करोड ३० लाख रुपैँयामा मर्मत गर्ने काम भइरहेको छ । सडक मर्मतका लागि आएको रकम सदुपयोग नहुनेमा चिन्ता समेत उतिकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्