झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली

<span class='c1'>झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा</span> <span class='c2'>परिणत भएको छ :सांसद ओली</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराएकी छिन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले करोडौंको लगानीमा निर्माण गरिएको उक्त परियोजना अहिले कबाडीखानामा परिणत भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिन्। सांसद ओलीका अनुसार कनकाई नगरपालिका–२ मा ’कनकाई वीरता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर महिला व्यवस्थापन कम्पनी लिमिटेड’ को नाममा उक्त प्रोजेक्ट निर्माण गरिएको थियो। तिनै वटा नगरपालिकाको आर्थिक सहभागिता, वल्र्ड बैंक र वैकल्पिक ऊर्जाको सहयोगमा ७४५ जना उपभोक्ताले समेत लगानी गरेको सो आयोजनामा २१ करोड भन्दा बढी लगानी भइसकेको छ।

यद्यपि, सो परियोजनाले दिनको ४०० रूपैयाँ बराबरको बायोग्यास समेत उत्पादन गर्न नसकेको उनले दाबी गरिन्। ‘व्यापक रूपमा भ्रष्टाचार भएको छ, परियोजनाका मेशिनरी र सामानहरू चोरी भएका छन्,’ उनले भनिन्। सांसद ओलीले सानका खोलाको छेउमा फिजिबिलिटी स्टडी (सम्भाव्यता अध्ययन) नै नगरी यो परियोजना बनाइएको आरोप लगाएकी छिन्। अध्ययनबिना नै निर्माण गरिएको उक्त परियोजनाको वर्तमान दुरवस्थाले ठूलो अनियमितता भएको पुष्टि हुने उनको तर्क छ। सांसद ओलीले तत्काल यस घटनामा सरकारको ध्यानाकर्षण गराउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत यस विषयमा गम्भीर छानबिन गर्न आग्रह गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्