भनसुनमै हटछन् कोशी राजमार्गका डिभाइडर, बरगाछी–ढाट खण्डमा जताततै ‘क्रससेक्सन’

<span class='c1'>भनसुनमै हटछन् कोशी राजमार्गका डिभाइडर,</span> <span class='c2'>बरगाछी–ढाट खण्डमा जताततै ‘क्रससेक्सन’</span>

सोनु साह
विराटनगर । कोशी राजमार्गको रानी–धरान खण्ड छ लेनमा विस्तार गर्दा विराटनगर क्षेत्रमा जथाभावी ‘क्रससेक्सन’ राखिएको थियो । सडकको केन्द्रभागमा फिक्स मेडियन भएको बरगाछी–रानी खण्डमा पहुँचवालाको प्रभावका आधारमा ‘क्रससेक्सन’ राखिएको भनेर आलोचना भयो । सडक पार गर्नका लागि खासखास स्थानमा मात्रै राखिनुपर्ने क्रससेक्सन जथाभावी मनलाग्दी राखिएपछि त्यसले दुर्घटनाको जोखिम बढ्यो । त्यसपछि बरगाछी–रानी खण्डका साना क्रससेक्सन बन्द गरियो ।

तर, विराटनगरमा बरगाछीदेखि ढाटसम्मको केन्द्र भागमा फिक्स डिभाइडर नभएर सिमेन्टका खम्बा राखिएको छ । पछिल्लो समय भने भनसुनका भरमा बरगाछीदेखि ढाटसम्म जथाभावी क्रससेक्सन खोल्ने काम भइरहेको छ । राजमार्गको वस्तुस्थिति नियमन, नियन्त्रण र निर्देशन गर्ने अधिकार जिल्लामा स्थानीय प्रशासनलाई हुन्छ । यसको नियामक कार्यालय सडक डिभिजन हो । त्यस बाहेक सडक आवागमनको व्यवस्थापन मिलाउने जिम्मेवारी ट्राफिक प्रहरी हुन्छ । तर, पहिले दुर्घटना जोखिम बढाएको भन्दै क्रससेक्सन बन्द गराउन हतारो भएजस्तै अहिले जथाभावी खुल्नेक्रम बढेपछि त्यसको आलोचना सुरु भएको छ ।

विशेषगरी विराटनगरको बरगाछीदेखि ढाटसम्मको मुख्य सडक क्षेत्रमा व्यापारीहरूले आफ्नो पसल तथा होटलमा ग्राहकलाई सहज आवतजावत गराउने उद्देश्यले सडकका डिभाइडर हटाउन पहुँच प्रयोग गरेको पाइएको छ । डिभाइडर हटाइएका स्थानबाट मोटरसाइकल तथा अन्य सवारी साधनले समेत गलत दिशाबाट आवतजावत गर्ने गरेका छन् । जसका कारण तीव्र गतिमा गुड्ने सवारीसँग ठोक्किने तथा ठूलो दुर्घटना हुने जोखिम बढेको स्थानीयको भनाइ छ ।

सडकको बीच–बीचमा डिभाइडर हटाएर क्रससेक्सन बनाउँदा पैदल यात्रुले पनि जथाभावी सडक काट्ने गरेका छन् । यसले दैनिक दुर्घटनाको जोखिम बढ्दो छ । सडक डिभिजन कार्यालय विराटनगर मातहत रहेको राजमार्गमा जताततै खाल्डाखुल्डी छ । त्यस बाहेक देखिनुका साथै डिभाइडरसमेत मर्मत अभावमा अव्यवस्थित बनेका छन् । यसले सम्बन्धित निकायको गैरजिम्मेवारी झल्किएको स्थानीयको आरोप छ ।

सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख नारायण प्रसाद निउरेले सडकका डिभाइडर पहिले जस्ताको त्यस्तै राखिएको अहिले मर्मत, पेन्टिङ र सरसफाइको तयारी भइरहेको बताए । उनले अनुमति बिना डिभाइडर हटाउन नमिल्ने स्पष्ट पार्दै त्यसरी हटाएको पाइए कारबाही गरिने चेतावनी दिए ।

उनका अनुसार ट्राफिक व्यवस्थापनका लागि तोकिएको स्थान र जेब्राक्रस बाहेक अन्यत्र सडक वारपार गर्न खुला गर्न पाइँदैन । “कुनै पनि व्यक्तिले व्यक्तिगत स्वार्थका लागि डिभाइडर हटाएको पाइए कानुनी कारबाही हुन्छ,” उनले भने, “यस विषयलाई गम्भीरतापूर्वक लिएर काम अघि बढाउँछौँ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख सन्तोष न्यौपानेले पनि जथाभावी डिभाइडर हटाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढेको बताए । उनले यस्तो कार्य तत्काल रोक्न आवश्यक रहेको उल्लेख गर्दै सडक अनुशासन कायम गर्न सम्बन्धित निकाय र सर्वसाधारण दुवै जिम्मेवार हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्