हरियाली छाउँदै विराटनगर

<span class='c1'>हरियाली छाउँदै</span> <span class='c2'>विराटनगर</span>

विराटनगर । विराटनगर महानगरपालिकामा क्रमशः हरियाली छाउँदै गएको छ । पछिल्ला तीन वर्षयता बिरुवा रोप्ने र संरक्षण गर्ने अभियानले गति लिएसँगै कोशी प्रदेशको राजधानी विराटनगर हरित सहर उन्मुख बनेको हो । विभिन्न संघसंस्थाले कुनै अवसर पारेर सामाजिक कार्यको रुपमा बिरुवा रोप्ने तर संरक्षण नगर्ने प्रचलन नै थियो । यसलाई विराटनगर महानगरपालिकाले रोकेर आफ्नै नेतृत्वमा सहरको सौन्दर्यकरण थालेसँगै त्यसले सफलता पाउन थालेको हो । सफलताको निष्कर्षको रुपमा सहरमा विभिन्न हरियन्ता समूहले बिना स्वार्थ रुख बिरुवा लगाउने कार्य अगाडी बढाएका छन् ।

विराटनगर महानगरपालिकामा सहरी सौन्दर्यकरण तथा वातावरण सुधारमा बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्चने निर्णय २०८० सालमा गरिएको थियो । त्यसको कार्यन्वयनका लागि उपभोक्ता समिति गठन गरियो । २०८१ साल बैशाखमा कोशी राजमार्ग अन्तर्गत रानी–बरगाछीको मेडियन स्ट्रिप्समा सडक विभागसँग अनुमति लिएर फूल तथा बुट्यान जातका बिरुवा लगाउने तयारी गरिएको थियो । सोहि अनुसार असारमा रोपिएका करिब एकहजार ५०० बिरुवाले अहिले सहरको मुख्य सडकमा सुन्दरता बढाएको छ ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार सहरको सौन्दर्यकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुले ३४ लाख रुपिँया सहयोग गरेका थिए । त्यो नगदलाई उपभोक्ता समितिमार्फत खर्चेर कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका खण्डमा बिरुवा लगाइएको थियो । त्यस बाहेक पुष्पलालचौक–तीनपैनी सडक विस्तारका क्रममा नौवर्ष अगाडी नै बिरुवा रोपिएको थियो ।

त्यस बाहेक चालु आर्थिक वर्षमा पुष्पलाचौक–विराटचौक सडक अन्तर्गत विराटनगर महानगरपालिका १९ मा पर्ने घिनाघाटदेखि मिलनचौकसम्मको भागमा बिरुवा रोप्ने कार्य अहिले भइरहेको छ । उनका अनुसार पछिल्लो समय हरियाली अभियन्ताहरुको समूह बनेर समेत विराटनगरमा बिरुवा रोप्ने र संरक्षण गर्ने कार्य भइरहेको छ । अहिले विराटनगर महानगरपालिकाको कोशी राजमार्गका दुवै सडक पेटीका भाग, मेडियन स्ट्रिप्सको भाग, शाखा सडकहरु, सहायक सडकहरुमा समेत बिरुवा रोप्ने र हुर्काउने लहर चलेको छ । संकल्प हरित विराटनगर योजनासहित विराटनगरका युवा पारुल क्षेत्रीले तीनवर्षदेखि लगातार बिरुवा रोप्ने, पानी हाल्ने र संरक्षण गर्ने कार्यबाट मात्रै १२ हजारको संख्यामा बृक्षरोपण गरिसकेको दावी गरेका छन् । उनका अनुसार कृत्रिम भौतिक विकासलाई रोकेर प्राकृतिक सौन्दर्यकरणमा दवाव सिर्जना गर्ने अभियान अझै केहिवर्ष चल्नेछ ।

महानगरपालिका वातावरण शाखाका प्रमुख राकेश ठाकुरका अनुसार अहिले नगर क्षेत्रमा झण्डै २५ हजारको हाराहारीमा बिरुवा हुर्किरहेका छन् । हुर्किरहेका बिरुवा मन नासिनसक्ने संभावना छैन । यसका लागि महानगरपालिका मात्रै नभई हरियाली अभियन्ताहरुको समेत उतिकै प्रशसंनिय भूमिका रहेको ठाकुरको भनाई छ । बिरुवा हुर्कदै जाँदा विराटनगरमा छहारी लिने पाउने आसा समेत जाग्दै गएको सिटी रिक्सा चालक कुन्दन मण्डलको भनाई छ ।

विराटनगरलाई हरियाली अभियानमा जोड्न जथाभावी बिजुली बत्ति जोड्ने कार्य बन्द गर्नुपर्ने वातावरण क्षेत्रमा लामो समयदेखि खोजअनुसन्धान गर्दै आएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.रामचन्द्र अधिकारी बताउँछन् । महानगरपालिकाले बिरुवा रोप्ने आफ्नो पहललाई अझै दह्रोसँग बढाउनुपर्ने मात्रै नभई बिरुवा रोपेर हरियाली अभियानमा जोडिएका समूहलाई समेत प्रोत्साहन गर्नुपर्ने अधिकारीको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्