विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि ३४ जनाले आवेदन दिएका छन्। सरकारले खुला प्रतिस्पर्धाबाट नयाँ उपकुलपति चयन गर्नका लागि आह्वान गरेसँगै ३४ जनाले आफ्नो इच्छा देखाउँदै आवेदन दिएका हुन्। यसअघि सरकारले उपकुलपति नियुक्त गर्दै आएकोमा यस पटक खुला प्रतिस्पर्धाको प्रक्रिया अपनाइएको हो।
खुला प्रतिस्पर्धाका लागि आह्वान भएपछि विश्वविद्यालयका विभिन्न प्राध्यापकहरूसँगै हालका निमित्त उपकुलपति डा। बिजुकुमार थपलियाले पनि आवेदको सूचीमा छन् ।


सरकारद्वारा गठित छनोट समितिले उम्मेदवारहरूको ‘सर्टलिस्ट’ तयार गरी कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका आधारमा नयाँ उपकुलपतिको नाम सिफारिस गर्नेछ।