ईद पर्वले मेलमिलाप, एकता, सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ : सभामुख अर्याल

<span class='c1'>ईद पर्वले मेलमिलाप, एकता, सहकार्यको भावना अभिवृद्धि</span> <span class='c2'>गर्न महत्वपूर्ण भूमिका खेल्छ : सभामुख अर्याल</span>

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ईद–उल–अजहा पर्वले मेलमिलाप, एकता, सहकार्य तथा भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

मुस्लिम समुदायको महान् पर्व ईद–उल–अजहा (बकर ईद) को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले नेपाल जस्तो बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा पर्वहरूले धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई सुदृढ बनाउने बताए । सभामुख अर्यालले विभिन्न धर्म, जातजाति र समुदायबीचको मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा चाडपर्वहरूले योगदान पु¥याउने बताउँदै विविधताबीचको एकताले राष्ट्रियता र राष्ट्रिय एकताको भावना थप बलियो बनाउने बताए ।

मुस्लिम समुदायको महान् पर्व ईद–उल–अजहा (बकर ईद) २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्