मिल्स गोल्डकप ः लालीगुराँसलाई हराउँदै पुलिस फाइनलमा

<span class='c1'>मिल्स गोल्डकप ः लालीगुराँसलाई हराउँदै</span> <span class='c2'> पुलिस  फाइनलमा</span>

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा जारी छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । विराटगर जुटमिल खेलमैदानमा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा घरेलु टोली लालीगुराँस फुटबल क्लब, रानीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर फाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन सकेन । खेल गोलरहित बराबरीमा टुङ्गिएपछि जितको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो ।

टाइब्रेकरमा पुलिसका सविन राई, नितेश लिम्बु, हेम तामाङ र सन्जय चौधरीले गोल गरे भने रमेश राजवंशीको प्रहार बाहिरिएको थियो । उता, लालीगुराँसका तर्फबाट आशिष लावती र पूजन थापाले मात्र गोल गर्न सफल भए । लालीगुराँसका कैलाश बस्नेतको प्रहार मार्गबाहिर जाँदा युवन राईको प्रहारलाई पुलिसका गोलकिपर सजिन चौधरीले उत्कृष्ट बचाउ गरे ।
खेलमा निर्णायक बचाउ गरेका पुलिसका गोलकिपर चौधरी नै ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

अब शनिबार हुने उपाधि भिडन्तमा पुलिसले अर्को घरेलु टोली टी डब्लूसीवाई विराटनगरको सामना गर्नेछ । प्रतियोगिताको विजेताले २ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार १११ रुपैयाँमा चित्त बुझाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्