आर्थिक अभावले सुन्दरको उपचारमा संकट, सहयोगका लागि छोरी अर्चनाको अपिल

<span class='c1'>आर्थिक अभावले सुन्दरको उपचारमा संकट,</span> <span class='c2'>सहयोगका लागि छोरी अर्चनाको अपिल</span>

विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नं. १ का सुन्दर खवास विगत केही महिनादेखि असह्य पीडासँग लडिरहेका छन्। गत वैशाख महिनामा मुखमा सामान्य घाउ देखिएपछि परीक्षणका लागि अस्पताल लगिएका सुन्दरलाई अन्ततः घातक रोग ‘क्यान्सर’ भएको पुष्टि भयो। यो खबरले उनको ४ जनाको सानो परिवारमा एकाएक बज्रपात आइलागेको छ।

हाल उनको विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार भइरहेको छ। रोग निकै जटिल भएकाले हालसम्म उनको दुई पटकसम्म ठुलो शल्यक्रिया भइसकेको छ, भने आउँदो हप्ता तेस्रो शल्यक्रियाको तालिका तय गरिएको छ। घरको आर्थिक अवस्था निकै कमजोर भएका सुन्दरको परिवारमा कमाउने मुख्य व्यक्ति नै बिरामी परेपछि परिवार बिचल्लीमा परेको छ। घरमा उनकी कान्छी छोरी कक्षा ५ मा अध्ययनरत छिन्। उनको उपचारका क्रममा अहिलेसम्म २ लाख ५० हजार भन्दा बढी रकम खर्च भैसकेको छ । गहना बेचेर र ऋण गरेर उक्त पैसा मुस्किलले जुटाएको र तेस्रो शल्यक्रियाका लागि आफुहरुसंग पैसा जुटाउने कुनै विकल्प नरहेको उनकी माहिली छोरी अर्चना खवास बताउछिन ।

यो संकटको घडीमा उनकी माहिली छोरी अर्चना उनको उपचारको रकम जुटाउने हरेक प्रयास गरिरहेकी छिन । तर दुःखको कुरा, यस्तो समयमा उनलाई साथ दिने र सहयोग गर्ने आफन्तले समेत आफ्नो मुख फेरेका छन् । अर्चना भन्छिन “अब बेच्नलाई म संग न त कुनै समान छ, न त कुनै पैसा जुटाउने बाटो ।’आउदो हप्ता हुने तेस्रो शल्यक्रियाका र त्यसपछिको महँगो उपचारका लागि अझै लाखौं रुपैयाँ आवश्यक पर्ने र पैसाको अभावले उपचार रोकिने अवस्था आएपछि छोरी अर्चनाले देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी तथा सहयोगी संस्थाहरुसंग बुवाको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छिन ।

अमिश कुमार सरदार
2670275707400012

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्