एस.एल.सी.सेण्ड अप टेष्ट माघ २ गते देखि

<span class='c1'>एस.एल.सी.सेण्ड अप टेष्ट माघ</span> <span class='c2'>२ गते देखि</span>

विराटनगर १४ मंसिर । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन,नेपाल(प्याब्सन) ले देश व्यापीरुपमा संचालन गर्दै आएको संस्थागत बिद्यालय तर्फको एस.एल.सी सेण्ड अप टेष्ट यस पटक माघ २ गते देखि १५ गते सम्म संचालन हुने भएको छ । प्याब्सन केन्द्रीय परिक्षा समितिले समय तालिका प्रकाशन गर्दै परीक्षा सम्बन्धी जानकारी गराएको हो । उक्त परीक्षामा प्याब्सनसंग आवद्ध सदस्य बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरु सामेल हुनेछन् । गत साल संचालित परीक्षामा मोरङ जिल्लाबाट १३१ प्याब्सन सदस्य माध्यमिक बिद्यालयहरुका चारहज्जार तिनसय परीक्षार्थीहरु सामेल भएका थिए । यस पटक १५१ माध्यमिक बिद्यालयका करिब ५ हजार परिक्षार्थी परिक्षामा सामेल हुनेकुरा कुरा प्याब्सन मोरङका सचिव टीकाराम ढकालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्