विराटनगर । जिपी कोइराला स्पोर्ट्स एकेडेमीद्वारा आयोजित “दोस्रो जिपी कोइराला अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता–२०८३” विराटनगरस्थित सहिद मैदान पूर्व रहेको टेबलटेनिस हलमा सम्पन्न भएको छ।
प्रतियोगितामा क्याडेट ब्वाइज, क्याडेट गर्ल्स, सब-जुनियर ब्वाइज, सब-जुनियर गर्ल्स, जुनियर ब्वाइज र जुनियर गर्ल्स गरी ६ विधामा १८ विद्यालयका २२० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
क्याडेट गर्ल्स सिङ्गल्स (कक्षा ५ सम्म) तर्फ पिटर प्यान प्ले पेन स्कुलकी तक्ष्वी धनावत प्रथम, अरनिको स्कुलकी आरोही झा द्वितीय तथा अरनिको स्कुलकै रोलिशा चौहान र डिएभी स्कुलकी आरोही साह संयुक्त तृतीय भए।
क्याडेट ब्वाइज सिङ्गल्स (कक्षा ५ सम्म) तर्फ पिटर प्यान प्ले पेन स्कुलका नीरजंग थापा प्रथम, बुढानिलकण्ठ स्कुलका आभाष लामिछाने द्वितीय तथा बुढानिलकण्ठ स्कुलकै आरुष पोखरेल र श्री श्री रविशंकर स्कुलका रुद्रान्स सुलभ सापकोटा संयुक्त तृतीय भए।
सब-जुनियर गर्ल्स सिङ्गल्स (कक्षा ६–७) तर्फ श्री श्री रविशंकर स्कुलकी प्राप्ति सेढाइ प्रथम, बीकेभीएम स्कुलकी रोशिका घिमिरे द्वितीय तथा अरनिको स्कुलकी स्वर्णिमा कोइराला र साइना अधिकारी संयुक्त तृतीय बने।
सब-जुनियर ब्वाइज सिङ्गल्स (कक्षा ६–७) तर्फ डीपीएस विराटनगरका आदर्श गुप्ता प्रथम, जनता नमुना माध्यमिक विद्यालयका रक्ष बुढा द्वितीय तथा लिलिपुट स्कुलका अध्ययन कोइराला र सगरमाथा स्कुलका आरोन श्रेष्ठ संयुक्त तृतीय भए।
जुनियर गर्ल्स सिङ्गल्स (कक्षा ८–१०) तर्फ एभरेष्ट स्कुलकी कृपा पोखरेल प्रथम, श्री रविशंकर स्कुलकी स्वस्तिका चौधरी द्वितीय तथा बुढानिलकण्ठ स्कुलकी मानसी तामाङ र आकृति मगर संयुक्त तृतीय भए।
त्यसैगरी जुनियर ब्वाइज सिङ्गल्स (कक्षा ८–१०) तर्फ लिलिपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, मार्टर्स मेमोरियल स्कुलका सक्षम बस्नेत द्वितीय तथा डिएभी स्कुलका विवान अग्रवाल र बुढानिलकण्ठ स्कुलका आयान श्रेष्ठ संयुक्त तृतीय भए।
प्रतियोगिताले विद्यालयस्तरमा टेबलटेनिस खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक जिपी कोइराला स्पोर्ट्स एकेडेमीले जनाएको छ।