कोशी अस्पताल विराटनगरको जग्गा मिचेर बनेका संरचना खाली गर्न १५ दिने म्याद, यी संस्थाका भत्कन्छन् भवन

<span class='c1'>कोशी अस्पताल विराटनगरको जग्गा मिचेर बनेका संरचना खाली</span> <span class='c2'>गर्न १५ दिने म्याद, यी संस्थाका भत्कन्छन् भवन</span>

विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रक्रिया अन्तर्गत पन्ध्र दिने म्याद जारी गरिएको छ । यस अगाडी नापजाँच गरेर सीमा यकिन गरिएको थियो । जसबाट अस्पतालको जग्गा मिचेर अन्य संस्थाले संरचना बनाएको देखिएपछि खाली गर्न १५ दिन म्याद जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले बैशाख ३० गते निर्देशानात्मक परिपत्र गर्दै सरकारी अस्पतालको जग्गाजमिन, तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षण गर्न निर्देशन दिएको थियो ।

स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम जग्गा खोजबिन गर्नका लागि एक विशेष समिति गठन गरिएको थियो । शाखा अधिकृत त्रिलोचन न्यौपानको संयोजकत्वमा बनेको समितिले नाँपजाँचपछि प्रतिवेदन मन्त्रालयमा पठाएको थियो । कोशी अस्पतालको नाममा पाँच बिघा आठ कठ्ठा नौधुर जग्गाको स्रेता रहेको छ । विराटनगर ७ नम्बर (साविक विराटनगर १०) वडाको कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ नम्बरमा अस्पतालको जग्गा छ । छ वटा कित्तामध्ये २६ नम्बरको सबैभन्दा धेरै जग्गा मिचिएको छ । अस्पतालले यहाँभन्दा अगाडी गरेको नापजाँचमा १३० दशमलम ५ मिटर जग्गा अतिक्रमण भएको देएिको थियो ।

अस्पतालको जग्गामा गणेश मन्दिर, नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयले आफ्ना तथा आफ्नो मातहतमा राखेर भाडाका संरचना बनाएका छन् । अहिले ती सबै संस्थामा अस्पताल प्रशासनले सूचना टाँस गरेर खाली गराउन भनेको छ । कोशी अस्पतालका दुई ठूला संरचना बनिरहेका छन् । संघीय सरकारी अस्पताल परिसरमा ५०० शै्याको मेडिकल भवन र २५९ शै्याको बहु–विशेषज्ञता सेवा सञ्चालन भवन निर्माणाधीन चरणमा रहेका छन् । त्यसका लागि अस्पतालको आफ्नो जग्गा आफैं उपभोग गर्नुपर्ने अवस्था रहेको छ । तर, अस्पतालको जग्गामा अरुकै रजगज चलिरहेको छ ।

अस्पतालको जग्गामध्ये क्षयरोग निवारण संस्थाले ६ कठ्ठा ८ धुर, गणेश मन्दिरले २ कठ्ठा, देवकोटा पुस्तकालयले २ कठ्ठा १० धुर र रेडक्रस सोसाइटीले २ कठ्ठा बढी जग्गा ओगट्दै आएका छन् । यी सबै संरचना अस्पतालदेखि दक्षिण (अस्पताल चौकदेखि देवकोटाचौक) सम्मको सडकसँग जोडिएको हो । जहाँ ठूला अस्पतालदेखि मेडिकल पसल तथा प्रदेश संसद भवन, जिल्ला समन्वय समिति जस्ता संरचना भएकोले व्यापारिक क्षेत्र मानिन्छ ।

अस्पतालको जग्गामा संस्था मात्रै बसेको नभएर ती संस्थाले भाडाका संरचना बनाएका छन् । अहिले अस्पतालको १३०.३ मिटर सडकसँग छोएको जग्गामा ३० भन्दा बढी व्यापारिक सटरहरु रहेका छन् । क्षयरोग निवारण संस्थाले मासिक २ लाख, गणेश मन्दिरले १ लाख ६० हजार रुपिँया मासिक भाडा उठाउने गरेको २०८० सालमै पाइएको थियो । यसैगरी नेपाल रेडक्रस सोसाइटीले संरचना बनाएर राष्ट्रिय वाणिज्य बैंकलाई भाडामा लगाएर मासिक एकलाख ५० हजार र देवकोटा पुस्तकालय समेत भाडामा लगाएर आम्दानी असुल्ने गरेको देखिएको थियो ।
कोशी अस्पतालको पेरीफेरी दक्षिणपूर्व सडकमा जम्मा १५६ मिटर जग्गा पर्दछ । यसमध्ये बनसखण्डी मन्दिर १६ मिटर र नर्सिङ क्याम्पसको ९.५ मिटर जग्गा स्रेतामा देखिएको छ । बाँकी कुनैपनि संस्थाको नाममा जग्गा स्रेता छैन । यहाँ संरचना बनाउनेमा नेपाल क्षयरोग निवारण संस्था सबैभन्दा पुरानो हो । जसले २०१६ सालमै भवन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्