टोकरपुरको एउटा मतदान केन्द्रमा झडप भएपछि मतदान स्थगित

<span class='c1'>टोकरपुरको एउटा मतदान केन्द्रमा</span> <span class='c2'>झडप भएपछि मतदान स्थगित</span>

रामेछाप, ३१ वैशाख। रामेछापको दोरम्बा गाउँपालिकास्थित टोकरपुरको एउटा मतदान केन्द्रमा झडप भएपछि मतदान स्थगित भएको छ ।दोरम्बा गाउँपालिका वडा नम्बर ५ टोकरपुरस्थित कालिका आधारभूत विद्यालयमा विवाद भएको हो ।

 

कांग्रेस र एमालेका उम्मेदवारका प्रतिनिधिलाई माओवादीले हातपात गरेपछि विवाद भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।झडपमा एकजना घाइते भएका छन् । विवाद भएको स्थलमा इलाका प्रहरी कार्यालय टोकरपुरबाट थप सुरक्षाकर्मी पठाइएको छ ।मतदान पुनःसुचारु गर्नेबारे छलफल भइरहेको प्रजिअ खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्