किरियापुत्रीद्वारा कोटेश्वरमा मतदान

<span class='c1'>किरियापुत्रीद्वारा कोटेश्वरमा</span> <span class='c2'>मतदान</span>

काठमाडौं । आइतबार भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गरेका छन् ।

उनका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएपछि उनी बुबाको किरियामा बसेका छन् । किरीयापुत्रीसँगै उनकी श्रीमती शान्ता र छोरा इन्जिनियर असिमसिंहले पनि मतदान गरे ।

 मतदानका लागि अर्जनु आफ्नो घरबाट ५ मिनेटको दूरीमा रहेको मतदान केन्द्रसँग हिँडेर गएका पत्रकार बलराम प्यासीले जानकारी दिए ।

आफू किरियामा बसे तापनि बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले आफूले र आफ्नो परिवारले आफ्ना अमूल्य मतको प्रयोग गर्ने मौकाको सदुपयोग गरेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्