सिन्धुपाल्चोकको दुई मतदान केन्द्रमा ४ राउण्ड हवाइ फायर

<span class='c1'>सिन्धुपाल्चोकको दुई मतदान केन्द्रमा</span> <span class='c2'>४ राउण्ड हवाइ फायर</span>

सिन्धुपाल्चोक – दिउँसाे १ बजे प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको छ । मेलम्ची नगरपालिकाको जागेश्वरी निमावी मतदान केन्द्रमा लाइन मिचेको विवादमा स्थानीयहरूले मतदानको लागि राखिएको टेबुल फुटाउन खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको  डिएसपी श्यामकृष्ण अधिकारीले बताए ।

उनका अनुसार अहिले स्थिति सामान्य अवस्थमा फर्किए पनि मतदान भने अवरुद्ध भएको छ र केही समयमा नै पुनः सुचारु हुनेछ । त्यस्तै जिल्लाको भिमटार केन्द्रमा पनि एक राउण्ड हवाई फायर गरिएको छ । अशक्त व्यक्तिको नाममा सहयोगीले भोट हालेको विषयमा उत्पन्न भएको विवाद नियन्त्रणमा लिन हवाइ फायर गरिएको हो।

यी बाहेक अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण तवरले मतदान भइरहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्