कोशीमा स्वकीय सचिवको तलब पुनः नियमित

<span class='c1'>कोशीमा स्वकीय सचिवको</span> <span class='c2'>तलब पुनः नियमित</span>

कोशी प्रदेश सरकारले प्रदेश सांसदका स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारको बसेको मन्त्रिपरिषदको बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक नियमित गर्ने निर्णय गरेको हो । जेन्जी आन्दोलनपछि यस प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको थियो ।

त्यस्तै बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा बराह क्षेत्र नगरपालिका २ सुनसरीका अनिल थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश २०८३लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृत पनि दिइएको छ । त्यस्तै प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्