प्रहरीको गोली लागेर कालिकोटमा वडाध्यक्षका उमेदवारको मृत्यु

<span class='c1'>प्रहरीको गोली लागेर कालिकोटमा</span> <span class='c2'>वडाध्यक्षका उमेदवारको मृत्यु</span>

काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ का उमेदवार धनरुप बटालाको प्रहरीको गोली लागी मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुर्खेत ल्याइएको छ । विप्लव माओवादीसँगको झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो ।

मतदान सकेर मतपेटीका बोकेर जिल्लातर्फ आउँदै गरेको टोलीमाथी आक्रमण गरी मतपेटिका जलाएपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका बटालाको गए राति मृत्यु भएको मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी विजयलाल कायस्थले बताए ।

आइतबार साँझ ५ बजे मतदान सकेर मतपेटिका बोकेर सदरमुकाम मान्मातर्फ आउँदै गरेका बेला विप्लव नेतृत्वको माओबादी कार्यकर्ताले मतपेटिका खोसेर जलाएका थिए । त्यसपछि दोहोरो झडप भएको थियो । उनका अनुसार विप्लव माओवादीका कार्यकर्र्ताले दिउँसो पनि मतदान केन्द्र नजिकै बम बिष्फोट गराउन खोजेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्