इस्टर्न कलेज अफ इन्जिनियरिङमा भर्ना खुल्यो

<span class='c1'>इस्टर्न कलेज अफ</span> <span class='c2'>इन्जिनियरिङमा भर्ना खुल्यो</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इस्टर्न कलेज अफ इन्जिनियरिङले नयाँ शैक्षिक सत्रका लागि भर्ना खोलेको छ। प्रिन्सिपल ई. अमित सुरानाको नेतृत्वमा रहेको यस कलेजले विभिन्न चारवटा विधामा स्नातक तहको इन्जिनियरिङ कार्यक्रममा भर्ना आह्वान गरेको हो।
यस कलेजले सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड अटोमेसन इन्जिनियरिङ गरी चारवटा विधामा स्नातक तहको कार्यक्रम सञ्चालन गरिरहेको छ। विगत २६ वर्षदेखि निरन्तर सञ्चालित यो संस्था नेपाल इन्जिनियरिङ परिषद् बाट स्थायी मान्यता प्राप्त कोशी प्रदेशकै पहिलो उत्कृष्ट निजी इन्जिनियरिङ कलेज हुनुका साथै आइएसओ प्रमाणित समेत रहेको छ।


कलेजले दक्ष प्राध्यापक, अत्याधुनिक प्रयोगशाला, सफ्टवेयर ट्रेनिङ, शैक्षिक भ्रमण, र देशविदेशका विभिन्न व्यावसायिक संस्थाहरूसँगको समझदारी मार्फत विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यहाँका उत्तीर्ण विद्यार्थीहरू देश तथा विदेशका सरकारी एवं गैरसरकारी निकायमा रोजगार हुनुका साथै आत्मनिर्भर भई आफ्नै व्यवसाय समेत सञ्चालन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्