कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

<span class='c1'>कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल</span> <span class='c2'>खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन</span>

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित सरकारी जग्गा तत्काल खाली गराउन गृह प्रशासनलाई निर्देशन दिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आइतबार साँझ कोशी अस्पतालको स्थलगत निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले अस्पतालको स्वामित्वमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन कुनै ढिलाइ नगर्न निर्देशन दिएका हुन्।

अस्पतालको जग्गा विभिन्न संघसंस्थाले वर्षौंदेखि कब्जा गरी व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएको गुनासो आएपछि गृहमन्त्री गुरुङ स्वयं टोलीसहित अस्पताल परिसरको वस्तुस्थिति बुझ्न पुगेका थिए।

अस्पताल प्रशासनले अतिक्रमित संरचना हटाउन १५ दिनको समयसीमा दिएको थियो। उक्त म्याद सकिएको दुई दिनपछि गृहमन्त्री र स्वास्थ्यमन्त्रीको संयुक्त टोलीले आकस्मिक अनुगमन गरेको हो। निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्ने जो–कोहीलाई पनि कानुनको दायरामा ल्याइने स्पष्ट पारे। उनले अस्पतालको स्वामित्वमा रहेको जग्गा खाली गराउने अभियानमा गृह मन्त्रालयले स्थानीय प्रशासन र सुरक्षा निकायलाई पूर्ण रूपमा परिचालन गर्ने बताए।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालले दिएको समयसीमा सकिँदासमेत अतिक्रमित संरचना खाली नगरिनु दुःखद् भएको बताउँदै अबको एक साताभित्र सम्पूर्ण अवैध संरचना हटाइने प्रतिबद्धता व्यक्त गरिन्।

कोशी अस्पतालका अनुसार विराटनगर–७ स्थित अस्पतालको नाममा रहेको कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी केही भाग व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएको पाइएको छ। सरकारले अस्पतालको सम्पत्ति संरक्षण गर्दै अतिक्रमण हटाउने प्रक्रिया तीव्र बनाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्