सिआइबीले अनुसन्धान गरिरहेका अभिषेक गिरीसँग कहाँ-कहाँ भेटियो जग्गा

<span class='c1'>सिआइबीले अनुसन्धान गरिरहेका अभिषेक</span> <span class='c2'>गिरीसँग कहाँ-कहाँ भेटियो जग्गा</span>

विराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नियन्त्रणमा रहेका अभिषेक गिरी ठगी तथा आपराधिक धन्दा चलाएरै अर्ब बढीको घरजग्गा जोडेको फेला परेको छ । ठगी तथा आपराधिक विश्वासघात गरेको कसूरमा सिआइबीले अनुसन्धान गरिरहेको छ । गिरीले कसरी आफ्नो अपराध सञ्जाल निर्माण गर्दथे र कसरी अवैध रकम आर्जन गर्ने गर्दथे भन्ने कुरा विस्तारै खुल्दै गएको छ ।

सिआईबीले निर्माण व्यवसायीलाई ठुलो आर्थिक नोक्सानी पुर्‍याएको र ज्यान मार्ने धम्की दिएर काठमाडौँको घरजग्गा राजीनामा गराएको उजुरीका आधारमा गिरीलाई घिसार्दै काठमाण्डौं लगेको थियो । अनुसन्धानका क्रममा गिरीले आफ्नी श्रीमती सोनु आचार्यको जताततै जग्गा जोडेको भेटिएको छ । काठमाडौँ जिल्ला अदालतबाट मंगलबार तीन दिन म्याद थप गरी सीआइबीले अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीले पनि उनको परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिको स्रोतमाथि अनुसन्धान गरिरहेको छ ।

प्रहरीले फेला पारेको प्रमाणका आधारमा २०८२ सालमा मात्रै काठमाडौँको बुढानीलकण्ठ, धनकुटा र मोरङका ८ ठाउँमा श्रीमती सोनु आचार्यको नाममा जग्गा खरिद गरेको फेला परेको छ । यसैगरी बैंकबाट लिलाम हुन लागेको मोरङ बबियाविर्ताको चार कित्ताको २ बिघा १६ कट्ठा जग्गा २०८२ साल असोज २७ गते रजिष्ट्रेसन गराएको भेटिएको छ । गिरीलाई निर्माण व्यवसायी तथा सुभाष श्रेष्ठले दिएको जाहेरी दरखास्तका आधारमा सिआइबीले सोमबार पक्राउ गरी काठमाडौँ लगेको थियो । बुढानीलकण्ठमा रहेको श्रेष्ठकै जग्गा नै पास गराएको पाइएको छ । चार करोड बढीको जग्गा उनले १८ लाख दिएर पास गरेको पाइएको हो ।

जेलबाट छुटेपछि जताततै जग्गा
गिरीले उनकी श्रीमती सोनु आचार्यको नाममा जताततै जग्गा खरिद गरेका छन् । छोटो अवधीमा पास गरिएका यी जग्गा खरिद भएको स्रोत के हो ? भन्ने शंकास्पद छन् । २०८० देखि २०८२ सम्म ९ स्थानमा जग्गा जोडिएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा अवस्थित कित्ता नम्बर १०३९ को २१७.०१ वर्गमिटर क्षेत्रफलमा फैलिएको घर र जग्गा सोनु आचार्यको नाममा एकलौटी स्वामित्व रहने गरी दर्ता भएको पाइएको छ । २०८२ साल कार्तिक २८ गते राजीनामा लिखत पारित गरी यो घरजग्गा आचार्यको नाममा सारिएको हो ।

मोरङको साविक कटहरी गाविस हाल कटहरी गाउँपालिका वडा नम्बर ४ मा रहेको साविक कित्ता नम्बर १९२ को कुल १८२२.३७ वर्गमिटर क्षेत्रफल भएको जग्गा सोनु आचार्यको नाममा २०८० साल मंसिर २५ गते दर्ता भएको छ । यसैगरी मोरङकै बबियाविर्ता वडा नम्बर ३ मा रहेको कित्ता नम्बर ३७९ को ४६५५.५२ वर्गमिटर जग्गा २०८२ साल असोज २७ गते सोनु आचार्यको नाममा नामसारी भएको छ । सोही वडामा रहेका कित्ता नम्बर १०८, १११, १०५, र १०६ का अन्य जग्गाहरू समेत गिरीले लिएका छन् । यी जग्गा बैंक तथा वित्तीय संस्थाहरूबाट तेस्रो पक्षले लिलाम सकार गरेपछि दाखेल खारेज प्रक्रिया मार्फत सोनु आचार्यको नाममा ल्याइएका हुन् । इटाभट्टा सञ्चालक शशीभुषक यादवको ३२ बिघा जग्गा ९ करोड ७० लाखमा सकार गरिएको थियो । जसमा चार कित्ता पारेर चारवटा कम्पनीको नाममा राखिएको हो । बैंकको लिलामी प्रक्रियामा सहभागी भई करोडौँ मूल्य बराबरका जग्गा एकलौटी स्वामित्वमा ल्याउने गिरीको स्रोत के हो भन्ने खुल्न सक्दैन ।

यसैगरी विराटनगर ६ मा अवस्थित कित्ता नम्बर ६५८२ को ३३६.६३ वर्गमिटर क्षेत्रफल भएको अर्को जग्गा पनि २०८२ साल चैत १९ गते राजीनामा लिखत पारित गरी सोनु आचार्यको स्वामित्वमा राखिएको छ । यसका अतिरिक्त धनकुटा जिल्लाको साविक कार्कीछाप हाल धनकुटा नगरपालिका वडा नम्बर ५ मा रहेको कित्ता नम्बर १२६३ को ५६२.४० वर्गमिटर क्षेत्रफल भएको व्यावसायिक जग्गा पनि सोनु आचार्यकै नाममा दर्ता छ । २०८२ साल साउन २१ गते राजीनामा लिखत पास गरिएको हो ।

गिरीले श्रेष्ठको बुढानीलकण्ठ–७ मा रहेको कित्ता नम्बर १०३९ को २१७.०१ वर्गमिटर क्षेत्रफलमा बनेको घरजग्गा कटहरी गाउँपालिकाको ६ किलोमिटर सडक निर्माणमा ठेक्का कब्जा गरेसँगै आफ्नो नाममा पारेका हुन् । त्यस बाहेक जबरजस्ती हस्ताक्षर गराएर लिएका खाली चेकहरूमध्ये एउटा चेकमा आफ्नो अनुकूलता अनुसार पाँच करोड ४५ लाख ६० हजार ५०५ रुपैयाँ भरेर चन्द्र कुमार साहको नाममा खिचेको आरोप छ । सोही चेकको आधारमा गिरीले श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा बैंकिङ कसुर (चेक बाउन्स) को मुद्दासमेत हाल्न लगाएको जाहेरीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्