व्यवहारिक शिक्षाका लागि रंगेलीको पार्वती विद्यालयमा वृक्षारोपण अभियान सम्पन्न

<span class='c1'>व्यवहारिक शिक्षाका लागि रंगेलीको पार्वती</span> <span class='c2'>विद्यालयमा वृक्षारोपण अभियान सम्पन्न</span>

रंगेली । मोरङको रंगेली नगरपालिका–९ स्थित पार्वती माध्यमिक विद्यालय परिसरमा विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ। विद्यालयलाई हराभरा, स्वच्छ तथा आकर्षक बनाउने उद्देश्यका साथ आयोजित वृक्षारोपण कार्यक्रममा प्रधानाध्यापक, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालय परिसरमा विभिन्न प्रजातिका फूलका बिरुवा रोप्दै वातावरण संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।


विद्यालयका प्रधानाध्यापक डा. ओमप्रकाश सिंहले पाठ्यपुस्तकमा उल्लेख गरिएका विभिन्न प्रजातिका बिरुवाबारे विद्यार्थीले व्यवहारिक रूपमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले वृक्षारोपण गरिएको जानकारी दिए। उनका अनुसार पुस्तकमा सीमित ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै विद्यार्थीहरूलाई बिरुवाको पहिचान, संरक्षण, हेरचाह तथा वातावरणप्रतिको जिम्मेवारीबारे प्रत्यक्ष सिकाइ प्रदान गरिनेछ। उनले बिरुवाको नियमित हेरचाहमा समेत विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराइने योजना रहेको उल्लेख गर्दै यस्ता गतिविधिले विद्यार्थीमा वातावरण संरक्षण, प्रकृतिप्रेम, जिम्मेवारीबोध तथा सामूहिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

विद्यालयले आगामी दिनमा पनि वातावरणमैत्री तथा व्यवहारिक शिक्षामा आधारित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्