मोरङमा बेवारिसे अवस्थामा छाडिएको १८० केजी माछा बरामद

<span class='c1'>मोरङमा बेवारिसे अवस्थामा छाडिएको</span> <span class='c2'>१८० केजी माछा बरामद</span>

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–८ झुनामारी क्षेत्रमा बेवारिसे अवस्थामा छाडिएको करिब १८० किलोग्राम विभिन्न जातका माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ।

बुधबार साँझ करिब ६ः३० बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा र अस्थायी प्रहरी चौकी डाम्राभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उर्लाबारी–भद्रचोक भित्री सडक खण्डको छेउमा निलो तिर्पालले छोपेर बेवारिसे अवस्थामा राखिएको माछा फेला पारेको हो।

प्रहरीका अनुसार बरामद गरिएको विभिन्न जातका माछाको अनुमानित मूल्य करिब ८५ हजार रुपैयाँ रहेको छ। बरामद गरिएको माछालाई जनप्रतिनिधिको रोहवरमा प्रहरी कार्यालय परिसरभित्र खाल्डो खनेर नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले माछा कसले र किन बेवारिसे अवस्थामा छाडेको भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्