सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण

<span class='c1'>सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद</span> <span class='c2'>भण्डारीद्वारा सरकारको ध्यानाकर्षण</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा भण्डारीले सर्लाही जिल्लामा शान्ति सुरक्षा र कानुन व्यवस्था कमजोर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीमा पछिल्लो समय आपराधिक घटना बढ्दै गएको दाबी गर्दै नागरिकले असुरक्षित महसुस गर्ने अवस्था आएको बताइन् । उनले लालबन्दी नगरपालिका–७ बाट ९ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले आक्रमण गरी लुटपाटको प्रयास गरेको र चार राउण्ड गोली चलाएको घटना उल्लेख गरिन् । प्रहरी चौकी नजिकै यस्तो घटना हुनु गम्भीर विषय भएको उनको भनाइ थियो । सांसद भण्डारीले ईश्वरपुर–३ मा रामनरेश साहकी श्रीमतीमाथि भएको कुटपिटको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराइन् । जग्गामा पोल गाड्ने विषयलाई लिएर विवाद भएको र अदालतले समेत रोक लगाइसकेको अवस्थामा जबरजस्ती गरिएको उनको भनाइ थियो । उनले भनिन्, ‘सर्लाहीमा कानुन व्यवस्थाको धज्जी उडाइएको छ । गोली चल्नु, कुटपिट हुनु अहिले सामान्य घटना जस्तो बन्दै गएको छ ।’

शान्ति सुरक्षा कायम गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले गृहमन्त्रीसँग पटक–पटक यस्ता घटना हुँदा पनि प्रभावकारी कारबाही किन हुन नसकेको भन्दै प्रश्न गरिन् । उनले अपराधमा संलग्न जोसुकै भएपनि कानुनी दायरामा ल्याएर निष्पक्ष अनुसन्धान र कडा कारबाही गर्न सरकारसँग माग गरिन् । साथै सर्लाहीमा सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन र दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्