विराटनगर । प्रतिवन्धीत लागुऔषध गाँजा बोकेर भारततर्फ भाग्ने क्रममा हिजोदेखी पोखरीमा वेपत्ता भएका एक किशोरको आज पनि खोजीकार्यलाई तिव्र बनाईएको छ ।
इलाका प्रहरी कार्यालय रानीको टोलिले बुधबार विहान गाँजासहित मोटरसाइकलमा गइरहेका दुईजना व्यक्तिलाई पिछा गर्ने क्रममा एक जनालाई नियन्त्रणमा लिएको थियो भने एक जना भने मोटरसाईकल छोडेर भाग्ने क्रममा पोखरीबाटा भाग्ने क्रममा वेपक्ता भएका थिए । उनीहरुको साथबाट प्रहरीले सात केजी गाँजा समेत बरामद गरेको थियो । विराटनगर १८ का १६ बर्षिय मन्जित यादव भने प्रहरीलाई छलेर भाग्ने क्रममा आईसीपी दक्षिणमा रहेको खेतसँगै जोडिएको पोखरीबाट भागेका थिए । त्यही क्रममा उनी हिजोदेखी वेपत्ता भएका छन् ।

भाग्ने क्रममा उनी पानी डुबेको स्थानियवासीले भनिरहेका छन् भने कतिपयले १ किलोमिटर दक्षिण बोर्डर पार गरिसकेको पनि आशंका गरेका छन् । हिजो देखि नै खोजी कार्यलाई निरन्तरता दिने क्रममा साँझ सम्म पनि फेला नपरेपछि आज पुन सुनसरी जिल्लाबाट आएको शसस्त्र प्रहरी बल नम्बर १ बहरा बाहिनी पकली गोताखोरको ९ जना टोलीले खोजी कार्यलाई निन्तरता दिईरहेको छ । यसैक्रममा घटना लगत्यै हिजो नै मोरङ जिल्लाका सम्पुर्ण सुरक्षा निकायको टोलीहरु घटना स्थलमा पुगेर घटना बारे स्थानियसँग बुझ्ने प्रयास गरेका थिए । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोईराला, मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वाल, शसस्त्र प्रहरी बल मोरङ टंकी सुनवारीका एसपी गेहेन्द्र बहादुर भण्डारी , राष्ट्रिय अनुसन्धान प्रमुख लगायतको टोली घटनास्थलमा पुगेर स्थानिवासीसँग घटनाबारे बुझेर सबैले मिलेर हराएका व्यक्तिको उद्धार गर्नुपर्ने बताएका थिए । हिजोदेखी वेपक्ता भएका व्यक्ति २४ घन्टा सम्म पनि फेला नपर्नुले कतिपयले भारत तर्फ नै फरार भएको आशका पनि गरेका छन् भने कतिपयले पानी मै डुबेको हुन सक्ने भन्दै पखाईमा बसिरहेका छन् ।

