रंगेलीमा आधारभूत सिलाई–कटाई तालिम सम्पन्न

<span class='c1'>रंगेलीमा आधारभूत सिलाई–कटाई</span> <span class='c2'>तालिम सम्पन्न</span>

रंगेली । महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले रंगेली नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३५० घण्टे पहिलो चरणको आधारभूत सिलाई–कटाई तालिम सम्पन्न भएको छ।

मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर, सुन्दरहरैंचाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा २० जना महिलाको सहभागिता रहेको थियो। तालिमले महिलाहरूमा स्वरोजगार तथा उद्यमशीलता विकास गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा वडा नं। ६ का वडा अध्यक्ष सुजित मण्डल, मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरकी संस्थापक अध्यक्ष कमला न्यौपाने, प्रशिक्षक रेखा साह, वडा सदस्य सरस्वती बहरदार, प्रशिक्षक आस्था साहलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सुजित मण्डलले महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउन यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताए। सहभागीहरूको मागलाई ध्यानमा राख्दै आगामी दिनमा थप तीन महिनाको उन्नत सिलाई–कटाई तालिम सञ्चालन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आधारभूत तालिमले मात्र व्यावसायिक दक्षता हासिल गर्न पर्याप्त नहुने भएकाले थप अभ्यास र उन्नत तालिम आवश्यक रहेको उल्लेख गरे। त्यसका लागि वडा कार्यालयबाट आवश्यक समन्वय र पहल गरिने उनको भनाइ थियो।


संस्थापक अध्यक्ष कमला न्यौपानेले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेर गाउँमै बसेर आयआर्जनको माध्यम बनाउन सहभागीहरूलाई आग्रह गरिन्। उनले प्रमाणपत्रभन्दा पनि सीपको व्यावहारिक प्रयोग महत्त्वपूर्ण हुने बताउँदै निरन्तर अभ्यासले महिलाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक रेखा साहले छोटो अवधिमै सहभागीहरूले आधारभूत सिलाई–कटाईको सीप राम्रोसँग सिकेको बताउँदै नियमित अभ्यास र थप तालिम पाए उनीहरू व्यावसायिक रूपमा सक्षम बन्न सक्ने धारणा राखिन्।

सहभागी महिलाहरूले आधारभूत तालिमले आत्मविश्वास बढाएको बताए पनि व्यावसायिक रूपमा काम गर्न थप तीन महिनाको उन्नत तालिम आवश्यक रहेको बताए। साथै उनीहरूले नगरपालिकासँग निःशुल्क सिलाई मेसिन उपलब्ध गराइदिन आग्रह गरेका छन्। तालिमपछि सिलाई मेसिन प्राप्त भए घरमै बसेर व्यवसाय सञ्चालन गर्न सहज हुने, आम्दानी वृद्धि हुने तथा परिवारको आर्थिक अवस्था सुधार्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्