विराटनगरको ज्ञानसेतु एजुकेशनद्वारा निःशुल्क शिक्षक लाइसेन्स तथा बीबीएस परीक्षा–उन्मुख कक्षा सञ्चालन

<span class='c1'>विराटनगरको ज्ञानसेतु एजुकेशनद्वारा निःशुल्क शिक्षक लाइसेन्स</span> <span class='c2'>तथा बीबीएस परीक्षा–उन्मुख कक्षा सञ्चालन</span>

विराटनगर । विराटनगरस्थित ज्ञानसेतु एजुकेशन ले विद्यार्थीहरूको शैक्षिक स्तर तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क शिक्षक लाइसेन्स तयारी कक्षा तथा बीबीएस परीक्षा–उन्मुख कक्षा सञ्चालन गर्ने भएको छ।

संस्थाका अनुसार शिक्षक सेवा आयोगअन्तर्गत शिक्षक लाइसेन्स परीक्षाको तयारी गरिरहेका परीक्षार्थीहरूका लागि श्रावण १, २०८३ देखि निःशुल्क तयारी कक्षा सञ्चालन गरिनेछ। कक्षाको अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम भने असार २७, २०८३ मा आयोजना गरिने जनाइएको छ।

संस्थाले पहिलो चरणमा भर्ना हुने ४० जना विद्यार्थीलाई मात्र निःशुल्क कक्षामा सहभागी गराइने जानकारी दिँदै इच्छुक परीक्षार्थीहरूलाई समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्न आग्रह गरेको छ।

यस्तै, ज्ञानसेतु एजुकेशनले असार १, २०८३ देखि सञ्चालन गर्दै आएको बीबीएस प्रथम वर्षको निःशुल्क परीक्षा–उन्मुख कक्षा बाट विराटनगरका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरू लाभान्वित भएका छन्। परीक्षा केन्द्रित अध्यापन, अनुभवी प्रशिक्षकको मार्गदर्शन तथा व्यवस्थित तयारीका कारण विद्यार्थीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको संस्थाले जनाएको छ।

यस सफलतालाई निरन्तरता दिँदै संस्थाले श्रावण १, २०८३ देखि बीबीएस दोस्रो वर्षका विद्यार्थीहरूका लागि पनि निःशुल्क परीक्षा–उन्मुख कक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई विश्वविद्यालय परीक्षाको प्रभावकारी तयारीमा सहयोग पुग्ने विश्वास गरिएको छ।

ज्ञानसेतु एजुकेशनले शिक्षा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यसहित विराटनगर तथा आसपासका विद्यार्थीहरूको शैक्षिक क्षमता, अध्ययन सीप र करियर विकासमा योगदान दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता विद्यार्थीमैत्री तथा गुणस्तरीय शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्