विराटनगरको कमजोर वित्तीय प्रगति, आम्दानी नहुँदा भुक्तानीमा समस्या

<span class='c1'>विराटनगरको कमजोर वित्तीय प्रगति,</span> <span class='c2'>आम्दानी नहुँदा भुक्तानीमा समस्या</span>

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक वित्तीय प्रगति कमजोर देखिएको छ । शुक्रबार सार्वजानिक विवरण अनुसार आम्दानी अभावका कारण भुक्तानी गर्न समस्या भएको हो ।

सार्वजनिक विवरण अनुसार महानगरपालिकाको पुँजीगत खर्च (विकास खर्च)को अवस्था निक्कै कमजोर बनेको छ । महानगरपालिकाद्वारा जारी सूचना अनुसार, आ.व. २०८२÷८३ मा पूँजीगततर्फ विनियोजित बजेटको जम्मा ३९.७६ प्रतिशत मात्र खर्च भएको छ। महानगरले विकास निर्माणका कार्यका लागि छुट्याइएको रकम मध्ये ६९ करोड ५९ लाख ७४ हजार ९९१ रुपैयाँ मात्र खर्च गर्न सकेको छ। यसको तुलनामा चालु खर्च (प्रशासनिक तथा सञ्चालन खर्चं भने ७९.५५ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड ७६ लाख ५३ हजार १२६ रुपैयाँ भएको छ ।

महानगरपालिकाको आन्तरिक आयको अवस्था पनि सन्तोषजनक छैन। लक्ष्यको तुलनामा आन्तरिक श्रोतबाट जम्मा ४९.८ प्रतिशत मात्रै अर्थात् ७१ करोड १४ लाख ७८ हजार २७८ रुपैयाँ सङ्कलन भएको छ। जुन रकम अघिल्लो वर्षको मौज्दात रकम पनि हो । त्यसैगरी राजस्व बाँडफाँड तर्फ पनि ५६.७६ प्रतिशत मात्र प्रगति भएको देखिन्छ। संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानको अवस्था भने राम्रो देखिएको छ। संघीय सरकार तर्फ ९७.५५ प्रतिशत अर्थात् १ अर्ब २१ करोड ७७ लाख र प्रदेश सरकार तर्फ लक्ष्य भन्दा बढी अर्थात् १००.६३ प्रतिशत अर्थात् ३१ करोड ४० लाख रुपैयाँ आम्दानी भएको छ।

महानगरपालिकाले स्रोतको अभावका कारण आर्थिक वर्ष २०८२÷८३ मा सम्पन्न भएका केही योजना तथा कार्यक्रमहरूको भुक्तानी दिन नसकिएको स्वीकार गरेको छ। ती योजनाहरूको भुक्तानी आगामी आर्थिक वर्ष २०८३–८४ मा प्राथमिकताका साथ गरिने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्