बिराट क्यान्सर इन्स्टिच्युटमा थपिए विशेषज्ञ, नेपालको पहिलो अन्को-फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ भित्रिए

<span class='c1'>बिराट क्यान्सर इन्स्टिच्युटमा थपिए विशेषज्ञ, नेपालको</span> <span class='c2'>पहिलो अन्को-फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ भित्रिए</span>

विराटनगर । क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको बिराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत रहेको बिराट क्यान्सर इन्स्टिच्युटमा विशेषज्ञ डाक्टरहरू थप गर्दै बिरामीलाई अझ भरपर्दो उपचार सुविधा उपलब्ध गराउने कार्य शुरु भएको छ। नेपालको पहिलो अन्को-फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठले अबदेखि हस्पिटलको फिजियोथेरापी विभागबाट सेवा दिनुहुने हस्पिटलले जनाएको छ।

शल्यक्रिया र क्यान्सरको उपचार गराइरहेका तथा उपचार पश्चातको रोगीहरू सामान्यतः शारीरिक दुर्बलता, गतिविधिको सीमा, र पुनः आत्मविश्वास खोजेर अलमलिने हुन्छन्। नेपालमा यही समस्याको समाधान गर्ने कुनै विशेषज्ञ सेवा अहिलेसम्म उपलब्ध थिएन। अस्मिता श्रेष्ठको आगमन यो महत्त्वपूर्ण अन्तराल भरिनेछ भन्ने हस्पिटलको विश्वास रहेको छ।

अन्कोलोजी फिजियोथेरापीमा अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा हासिल गर्नु भएको अस्मिता श्रेष्ठ विपिटि र एमपीटी (फिजियोथेरापीमा स्नातकोत्तर) को विशेषज्ञता नेपालमा अरु कसैले पनि नपाएको हस्पिटलको दाबी छ।

अस्मिता श्रेष्ठले काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञान संकाय धुलीखेलबाट बीपीटी (फिजियोथेरापीमा स्नातक) गर्नुभएको छ । स्नातक अध्ययनपश्चातको पाँच वर्षमा उहाँले विभिन्न किसिमका बिरामीहरूलाई फिजियोथेरापी सेवा प्रदान गर्नुभएको थियो। तत्पश्चात क्यान्सर बिरामीहरूमा उहाँको रुची बढेपछी भारतको कर्नाटक स्थित केएलई उच्च शिक्षा तथा अनुसन्धान एकेडेमी (भारत) बाट फिजियोथेरापीमा स्नातकोत्तर (एमपीटी–अन्कोलोजी फिजियोथेरापी) को अध्ययन गर्नुभएको छ।

अस्मिता श्रेष्ठले क्यान्सर रोगीहरूलाई सर्जरी र कीमोथेरापी पश्चातको शारीरिक पुन:निर्माणमा वैज्ञानिक र प्रभावकारी फिजियोथेरापी सेवा प्रदान गर्नुहुनेछ। कुहिनो, घुँडा, काँख र अन्य अंगको गतिविधि सुधार, शारीरिक शक्ति वृद्धि, र दैनिक कामकाज सामान्य गर्न उहाँले व्यक्तिगत र समूह आधारित थेरापी सेवा उपलब्ध गराउनुहुनेछ। क्यान्सर रोगीको उपचार यात्रा पूर्ण भइसकेपछि नयाँ जीवन सुरु हुन्छ। शारीरिक पुन:र्स्थापना, कार्यक्षमतामा सुधार र आत्मविश्वास पुनः लाभ - यो सबै क्यान्सर सर्वाइभरको लागि महत्त्वपूर्ण हुन्छ।

क्यान्सरका बिरामीहरुले अन्कोलोजी फिजियोथेरापीमा विशेषज्ञ अस्मिता श्रेष्ठले आइतबारदेखि शुक्रबार बिहान ९ देखि साँझ ५ बजेसम्म बिरामीहरूलाई परामर्श तथस उपचार सेवा प्रदान गर्नुहुनेछ।

हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ। हाल विभागले दैनिक १०० भन्दा बढी बिरामीलाई सेवा दिन सक्ने क्षमता विकास गरिएको छ। विभागमा अर्थो, स्पोर्ट्स, न्यूरोलोजी, कार्डियो, बालबालिका तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ टोली काम गर्दै आएको छ। हस्पिटलमा टेन्स थेरापी, अल्ट्रासाउन्ड, लेजर थेरापी, गेट ट्रेनर, मिरर थेरापी र मल्टी–स्टेशन जिम लगायत आधुनिक उपकरणहरू उपलब्ध रहेका छन्।

क्यान्सर सर्वाइभरहरूको दैनिक जीवन अझ सामान्य र गुणस्तरीय गर्न उहाँको भूमिका महत्त्वपूर्ण रहने हस्पिटलको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्