विराटनगरको भाटभटेनी आजबाट सञ्चालनमा

<span class='c1'>विराटनगरको भाटभटेनी</span> <span class='c2'>आजबाट सञ्चालनमा</span>

विराटनगर। करिब १० महिनाअघि आगलागीबाट क्षतिग्रस्त बनेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट आज (शनिबार) देखि पुनः औपचारिक रूपमा सञ्चालनमा आएको छ।

आगलागीपछि बन्द रहेको सुपरमार्केट पुनर्निर्माण तथा आवश्यक व्यवस्थापन पूरा भएपछि आजदेखि ग्राहकका लागि सेवा पुनः सुरु गरिएको हो। विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाटभटेनी पुनः सञ्चालनमा आएसँगै उपभोक्तामा उत्साह देखिएको छ।

लामो प्रतीक्षापछि पुनः सञ्चालनमा आएको सुपरमार्केटले विराटनगरको व्यापारिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्