विराटनगरमा कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

<span class='c1'>विराटनगरमा कटुवा पेस्तोल र</span> <span class='c2'>गाँजासहित एक जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल र गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो । आइतबार बिहान जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली र १४० ग्राम गाँजा बरामद भएकाे हाे ।

प्रहरीले उनको साथबाट दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ । पक्राउ परेका यादवलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्