‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु

<span class='c1'>‘सिन्दुरे जात्रा’ को</span> <span class='c2'>छायांकन पुनः सुरु</span>

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु भएको छ । चलचित्रका मुख्य कालकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो ।

छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ । जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो । १५ दिन छायांकन भएपछि विजय घाइते भएपछि छायांकन रोकिएको थियो । दुई साताअघि देखि सोही स्थानबाट छायांकन सरु भएको निर्देशक सरोज पौडेलले जानकारी दिए ।

‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरिरहेका छन् । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो । ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्