धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु

<span class='c1'>धनुषामा ‘एक विद्यार्थी एक</span> <span class='c2'>रुख’ अभियान आजदेखि सुरु</span>

जनकपुर । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद मनिष झाको सचिवालयले उक्त अभियानको आजबाट सुरु गरेका छन् । पहिलो चरणमा आज ५ देखि ७ हजार बिरुवा धनुषा क्षेत्र नं. ३ मा रहेका विद्यार्थीहरुलाई दिईने रास्वा जनकपुरधामका नेता एव जितेन्द्र महासेठले जानकारी दिए ।

उनले विगतमा बोट विरुवा रोप्ने कार्य थुप्रै भएतापनि ती बोट विरुवाको संरक्षण हुन नसेकोले विद्यार्थीहरुलाई संरक्षणको जिम्मा दिने उद्देश्यले आजबाट यो अभियानको सुरुवात गरेको जानकारी दिए । नेता महासेठका अनुसार यसबाट वातावरण संरक्षण मात्र नभई विद्यार्थीहरुलाई आफ्नो जिम्मेवारी पनि बोध हुनेछ । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा रहेका जम्मा २२ वटा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई आज विरुवा वितरण गर्ने कार्यक्रम रहेको नेता महासेठले जानकारी दिए । उनका अनुसार धनुषा क्षेत्र नं. ३ का प्रत्येक विद्यालयमा हरियाली प्रवद्र्धन गर्दै वातावरणमैत्री समाज निर्माण गर्ने उद्देश्यकका साथ यो अभियान सञ्चालन गरिएको होे ।

उक्त अभियाजनका निम्ति वन डिभिजन कार्यालयले निम, जामुन, तेज पत्ता लगायतका बोट विरुवाहरु उपलब्ध गराएको हो । अभियानको सुरुवात जनकपुरधामको एतिहासिक ज्ञानकुप विद्यायलका करीब १ हजार विद्यार्थीलाई विरुवा हस्तान्तरण गरेर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्