विराटनगर। सामाजिक सञ्जालमार्फत कथावाचिका राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्।
साइबर ब्यूरोले बिहीबार दिउँसो केसीलाई पक्राउ गरेको हो। साइबर ब्यूरोका एसपी दिलीप गिरीका अनुसार केसीविरुद्ध विद्युतीय (साइबर) कसुर सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप अनुमति लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
पछिल्लो समय आफूलाई धर्मभित्र रहेका गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा प्रस्तुत गर्दै आएकी केसीविरुद्ध कथावाचिका राधिका दासीले उजुरी दिएपछि पक्राउ गरिएको जनाएको छ। पक्राउ परेकी केसीको स्थायी घर विराटनगर रहेको छ । तर उनी हाल काठमाडौंमा बसोबास गर्दै आएकी छन्।