झापामा भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु

<span class='c1'>झापामा भूमिहीन र सुकुम्बासीलाई</span> <span class='c2'>लालपुर्जा वितरण सुरु</span>

दमक । झापाको अर्जुनधारा नगरपालिकामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी १८ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । वर्तमान सरकारले बनाएको भूमि समस्या समाधान समिति मार्फत यो दोश्रो पटक लालपुर्जा वितरण भएको हो । यसभन्दा अघि बुद्धशान्ति गाँउपालिकामा ५ जनालाई लालपुर्जा वितरण भएको थियो ।

बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रममा पूर्व उपसभामुख तथा झापा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरले लालपुर्जा प्राप्त गर्ने परिवारको खुसीमा सहभागी हुँदै वर्षौंदेखिको भूमिस्वामित्वको सपना पूरा भएको दिन ऐतिहासिक भएको बताउनुभयो ।

उहाँले वर्षौंसम्म आफ्नै भूमिको स्वामित्वको प्रतीक्षामा रहेका परिवारले लालपुर्जा प्राप्त गर्दा अनुहारमा देखिएको खुसी र सन्तोषले अभियानको वास्तविक महत्व पुष्टि गरेको उल्लेख गर्नुभयो। नागरिकको सुरक्षित, सम्मानजनक र आत्मनिर्भर जीवनका लागि भूमिको स्वामित्व आधारभूत आवश्यकता भएकाले यस्ता अभियानलाई अझ प्रभावकारी र तीव्र रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

सांसद राना मगरले भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य, समन्वय र सक्रिय भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी, स्थानीय सरकार, जनप्रतिनिधि, सम्बन्धित सरकारी निकाय तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै लालपुर्जा प्राप्त गर्ने सबै परिवारलाई बधाई दिनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी एवं भूमि समस्या समाधान समिति झापाका अध्यक्ष शिवराम गेलालका अनुसार यो भन्दा अघि बुद्धशान्ति गाँउपालिकामा ५ जनालाई लालपुर्जा वितरण गरिएको थियो । पुरानो आयोगले गरेका कामहरुको स्वामित्व लिएर थप प्रक्रिया र मापदण्ड पुर्याएर लालपुर्जा बितरण गरिदै आएको गेलालले जानकारी दिनुभयो । यो अब झापाभर निरन्तर वितरण कार्य शुरु गरिने उहाँको भनाइ छ ।

लालपुर्जा वितरण कार्यक्रममाअर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गाम्देन, जनप्रतिनिधि, सरकारी कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्