‘हरेक विषयको आफ्नै इतिहास हुन्छ, इतिहास सबैसँग जोडिएको छ’

<span class='c1'>‘हरेक विषयको आफ्नै इतिहास हुन्छ,</span> <span class='c2'>इतिहास सबैसँग जोडिएको छ’</span>

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीहरूसँग नेपालको इतिहाससम्बन्धी विषयमा छलफल गरिएको छ ।

छलफलका क्रममा केन्द्रीय इतिहास विभागका पूर्वविभागीय प्रमुख राजकुमार पोखरेलले इतिहास प्रत्येक विषयसँग अभिन्न रूपमा जोडिएको विषय भएको बताए । उनले इतिहास विभागमा सांस्कृतिक इतिहास, कूटनीतिक इतिहासलगायत १८–१९ वटा विषयमा अध्ययन–अध्यापन भइरहेको जानकारी दिए । उनले भने,‘इतिहास एउटा व्यापक विषय हो । केन्द्रीय इतिहास विभागमा १८–१९ वटा विभिन्न विधामा इतिहासको अध्ययन–अध्यापन हुँदै आएको छ । विभागमा सांस्कृतिक इतिहास (कल्चरल हिस्ट्री), कूटनीतिक इतिहास (डिप्लोमेटिक हिस्ट्री) लगायतका विषय समेटिएका छन् ।’उनले इतिहास हरेक विषयसँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै कुनै पनि विषयको विकासक्रम इतिहासबिना बुझ्न नसकिने बताए । चिकित्सा विज्ञान, इन्जिनियरिङलगायत सबै क्षेत्रको आफ्नै इतिहास रहेको र मानव सभ्यताको विकासदेखि प्रत्येक व्यक्तिको अस्तित्वसम्म इतिहाससँग सम्बन्धित रहेको उनको भनाइ थियो । उनले भने, ‘कुनै पनि कुराको इतिहास नबनीकन त्यो आफैं बन्दैन । जे कुरा पनि इतिहासबाट बनेर आएको हुन्छ । मेडिकल साइन्सको पनि आफ्नो इतिहास छ । इन्जिनियरिङको पनि आफ्नो इतिहास छ । इतिहास सबैसँग जोडिएको हुन्छ । हामी मानव प्राणीको सबैको आफ्नो आफ्नो इतिहास छ ।’

पोखरेलले कुनैपनि विषयको विकास र अस्तित्व इतिहाससँग जोडिने उल्लेख गर्दै चिकित्सा विज्ञान, इन्जिनियरिङलगायत सबै क्षेत्रको आफ्नै इतिहास हुने बताए । मानव सभ्यताको विकासदेखि हरेक विषयको अध्ययन इतिहासमार्फत नै सम्भव हुने उनको भनाइ थियो । त्यसैगरी, राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीले देशको इतिहास खोज्ने र जान्ने अधिकार सबै नागरिकमा रहेको बताइन् । उनले नेपालको इतिहाससम्बन्धी विश्वसनीय आधार अझै पर्याप्त रूपमा स्थापित हुन नसकेको भन्ने विषय चिन्ताको रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘हामी सबैले देशको इतिहास खोज्ने जान्ने हक राख्छौं । तर देशकै इतिहास नहुनु आजको दिनमा विश्वसनीय आधार छैन इतिहासको भन्ने कुराहरु सुन्दाखेरि कता कता दुख पनि लागेको छ । हामी नीति निर्माणको तहमा छलफल गरिराख्दा मलाई लाग्छ नबनेका कुराहरुलाई बनाउँदै जाने कुरा अतिआवश्यक छ ।’
उपाध्यक्ष भण्डारीले नीति निर्माणको तहमा भइरहेको छलफलले इतिहासका अपूर्ण पक्षलाई व्यवस्थित र प्रमाणमा आधारित ढंगले निर्माण गर्दै लैजानुपर्ने आवश्यकता औंल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्