प्रविधिको दुरुपयोगले मानव बेचबिखनका चुनौती बढायो : हरिवंश

<span class='c1'>प्रविधिको दुरुपयोगले मानव बेचबिखनका</span> <span class='c2'>चुनौती बढायो : हरिवंश</span>

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर गएर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको बताएका छन् । उनले प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीको प्रलोभन र संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती थप जटिल बन्दै गएको उल्लेख गरे ।

मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आचार्यले अहिले युवा, बालबालिका तथा विभिन्न प्रलोभनमा पारिएका व्यक्तिहरू मानव बेचबिखनको जोखिममा परिरहेको बताए । ‘आजको परिस्थितिमा चेलीबेटी बेचबिखनमा मात्र संसार सीमित छैन । चेलीबेटी बेचबिखनभन्दा पनि मानव बेचबिखनका घटनाहरू बढिरहेका छन, जहाँ युवाहरू, बालबालिका र विभिन्न आवरणमा मानिसहरूलाई विदेश पु¥याएर बेच्ने तथा शोषण गर्ने आपराधिक गतिविधि विस्तार भइरहेको छ,’ उनले भने । उनले मानव बेचबिखनसँग सम्बन्धित चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएको र यसको नियन्त्रण नेपाल प्रहरीका लागि समेत ठूलो चुनौती बनेको बताए । बदलिँदो अपराधको स्वरूपअनुसार सुरक्षा निकायले पनि आफ्नो क्षमता र रणनीति विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । आचार्यले आधुनिक प्रविधि, विशेषगरी मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले ठगी तथा मानव बेचबिखनका घटनालाई थप बढावा दिएको बताए । प्रविधिले मानव जीवनलाई सहज बनाएको भए पनि त्यसको गलत प्रयोगले समाजमा गम्भीर विकृति सिर्जना गरिरहेको उनको टिप्पणी थियो ।

‘मोबाइलले हाम्रो जीवनमा धेरै सकारात्मक परिवर्तन ल्याएको छ । तर यसको दुरुपयोग गरेर समाजले हेर्न नसकिने खालका विकृत गतिविधि पनि भइरहेका छन्,’ उनले भने, ‘धेरै नेपाली युवा–युवती विभिन्न प्रलोभनमा परेर विदेश पुगिरहेका छन् र त्यहाँ अमानवीय तथा कष्टपूर्ण जीवन बिताउन बाध्य भएका छन् ।’ उनले आकर्षक रोजगारी, उच्च आम्दानी र राम्रो जीवनशैलीको आश्वासनमा परेर विदेश जाने धेरै नेपाली युवा–युवती अन्ततः शोषण, ठगी र कठिन परिस्थितिको सामना गर्न बाध्य हुने गरेको बताए । मानव बेचबिखनविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्