कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

<span class='c1'>कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन,</span> <span class='c2'>बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने</span>

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।

गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गरेका छन् । उनले भोली मात्रै श्रेष्ठको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताए । उनले भने, ‘पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको भएको छ । आज उनको शव हेलिअस हस्पिटलमा छ । भोली मात्र पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिनेछ ।’ शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्