सेती नदीले बगाएका युवा मृत फेला

<span class='c1'>सेती नदीले बगाएका</span> <span class='c2'>युवा मृत फेला</span>

तनहु । सेती नदी तरेर घर जान लागेका एक युवकलाई सेती नदीले बगाएर शनिबार बेपत्ता बनाएकामा आज अपराह्न मृत फेला परेका छन् ।

व्यासनगरपालिका– ५ बेतनी दुलेपहाड स्थानबाट नदी तर्ने क्रममा ऋषिङ् गाउँपालिका– १ निवासी २६ वर्षीय देउबहादुर थापाको मृत्यु भएको हो ।

दमौलीबाट घर जान हिँडेका चार जनामध्ये थापा अगाडि गएको र नदी तर्नै लाग्दा ढुङ्गाबाट चिप्लेर पुनः नदीमा खस्दा पानीको भेलमा परी बगाएको स्थानीयवासी वीरबहादुर थापाले जानकारी दिनुभयो ।

शव गाउँपालिका–१ झापुटारस्थित नदी किनारमा भेटिएको हो । थापालाई नदीले बगाएर बेपत्ता बनाएपछि स्थानीय र प्रहरीले खोजी गरेका थिए । शव हाल दमौली अस्पतालमा राखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्