बजेटका लागि छलफल गर्न आजदेखि बजेट अधिवेशन सुरु

<span class='c1'>बजेटका लागि छलफल गर्न</span> <span class='c2'>आजदेखि बजेट अधिवेशन सुरु</span>

काठमाडौं । आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि ल्याइने वजेटका लागि छलफल गर्न आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ ।
वजेट अधिवेशन सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ वजेट संसदको वैठक बोलाएकी छिन् । सरकारले आइतबार आगामी आवका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
आउँदो सोमबार सरकारले वजेट ल्याउने छ । आगामी आर्थिक वर्षका लागि पुनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनालाई केन्द्रीत गरी न्युनतम ११ खर्ब ५६ देखि १२ खर्ब रुपैयाँसम्मको बजेट आउने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोगले ११ खर्ब ५६ अर्बको बजेट सीमा दिए पनि धेरै कार्यक्रम समेट्नुपर्ने भएकाले बजेटको आकार बढ््ने अनुमान गरिएको छ । चुनावको समयमा भएका सरकारले वजेटमा नयाँ नीति तथा कार्यक्रम समावेश नगर्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्