सगरमाथा आरोहणका क्रममा अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु

<span class='c1'>सगरमाथा आरोहणका क्रममा अमेरिकी नागरिक</span> <span class='c2'>रोल्याण्ड एयर उडको मृत्यु</span>

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ ।

यसअघि नेपाली नागरिक मीनबहादुर शेरचनको आधार शिविरमा ज्यान गएको थियो भने स्वीस नागरिक युली स्टेकको पनि आधार शिविरमै ज्यान गएको थियो । आरोहण सकेर फर्कदै गरेका एक भारतीय नागरिक पनि शनिबारदेखि हराइरहेका नेपाल सरकारको तर्फबाट सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

सम्पर्क अधिकृत श्रेष्ठका अनुसार यस वर्ष आइतबारसम्ममा १२० भन्दा बढी आरोही शिखरमा पुगेका छन् । आरोहणका लागि कुल ३७४ जनाले अनुमति लिएकोमा आइतबारसम्म करिब १२० जना शिखरमा पुगेका हुन् । जेठ ११ गतेसम्म चल्ने आरोहणका क्रममा मौसम अनुकूल भए धेरैले आरोहण गर्ने श्रेष्ठले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्