विराटनगर । लेटाङ नगरपालिका वडा नं. ९ स्थित दिदी भिनाजुको घरमा बस्दै आएकी एक महिला बलात्कारमा परेकी छिन् । उनी दिदी भिनाजुकै घरमा स्थानीय आदित्य भन्ने गंगा बहादुर गुरुङबाट बलात्कृत भएको भन्दै प्रहरीमा पुगेकी हुन् ।
गत साउन १६ गते पीडित बसेकै घरको कोठामा मुख थुनेर जबरजस्ती करणी गरेको भन्ने आरोप गुरुङलाई छ । पीडितको इच्छा विपरित करणी गरेको जाहेरी परेपछि इलाका प्रहरी कार्यालय, लेटाङले गुरुङलाई जर्बरजस्ती करणी सम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान थालेको हो ।