आईसिपी विराटनगर व्यवस्थापन गर्ने कम्पनीको मनपरी, शुल्क बढी लिएपछि उद्योगी रुष्ट

<span class='c1'>आईसिपी विराटनगर व्यवस्थापन गर्ने कम्पनीको मनपरी,</span> <span class='c2'>शुल्क बढी लिएपछि उद्योगी रुष्ट</span>

विराटनगर । गत साउन ४ गते सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत स्वस्तिक आयल इण्डष्ट्रिजको ४० कन्टेनर रेपसिड लिएर कन्टेनर कार्गोरेल नेपाल कष्टम यार्ड (एनसीवाई) आएको थियो । त्यसको २० दिनपछि अर्को कन्टेनर कार्गो एनसीवाईका लागि कोलकाता बन्दरगाहाबाट छुटेको छ । एनसीवाई विराटनगरमा हेण्डलिंक, अनलोड तथा ढुवानीको जोरजाम चलिरहेको छ ।

तेस्रो मुलुकबाट पैठारी भएका सामान बोकेर दोस्रो कार्गोरेल एनसीवाई आइरहेको भएपनि सुनसरी–मोरङ औद्योगिक करिडोरका धेरै उद्योगीले ह्याण्डलिंङ आइसीवाई (इन्डियन कष्टम यार्ड) मा गराइरहेका छन् । जबकी रेलकार्गो सञ्चालनको माग सबैभन्दा धेरै मोरङ–सुनसरीका उद्योगी–व्यवसायीले उठाउँदै आएका थिए ।
नेपाल उद्योग परीसंघ कोशीका अध्यक्ष पवन शारडाका अनुसार एनसीवाई र आइसीवाईबीचको दुरी नजिक छ । तर, एनसीवाई र आइसीवाईबीचको ह्याण्डलिङ शुल्कमा धेरै अन्तर छ । पाँचसय मिटरको दुरीमा रहेका इन्डियन कष्टम यार्ड र नेपाल कष्टम यार्ड जहाँ ह्याण्डलिंक गरेपनि ढुवानीदेखि भण्डारणसम्म समस्या छैन ।
अध्यक्ष शारडाका अनुसार आईसिपीको व्यवस्थापन गर्दै आएको ट्रान्स नेपाल टिआएस लोजीपार्कले मनलाग्दी शुल्क तोकेर उद्योगीलाई कस्न खोज्दा समस्या भएको छ । बारम्बार छलफलका लागि गरिएको आग्रहलाई अस्वीकार गर्दै आएकोले उद्योगीहरुले आइसीवाई नै प्रयोग गर्ने तयारी गरिरहेका हुन् । सरकारले तोकेको शुल्क बाहेक अन्य विभिन्न शिर्षकमा रकम असुल्ने गरेको आरोप समेत रहेको छ ।

एनसीवाईबाट मालवस्तु आयात गर्दा आइसीवाईका तुलनामा प्रतिटन ६४ देखि २०० रुपिँयासम्म अन्तर रहने दावी गरिएको छ । कन्टेनर कार्गो बाहेक लुजकार्गो, ब्रेक कार्गो, बल्क कार्गो, ब्यागेज कार्गोको अर्डर अहिलेसम्म रेलमार्फत ढुवानीका लागि नहुनुको कारण पनि यहि भएको बताइएको छ । एनसीवाई र वाईसीवाईबाट स्पन्ज आइरन, एमएस वायर रड र एचआर सिटको आयात गर्दा कार्गो ह्यान्डलिङ र ढुवानीमा पर्ने अन्तर रहेको अध्यक्ष शारडाले दावी गर्नुभयो ।

त्यस्तै जीआई वायर, गेभियन बक्स लगायतका सामग्रीको मुख्य कच्चा पदार्थ एमएस वायर रड आइसीवाईबाट ल्याउँदा एनसीवाईका तुलनामा प्रतिमेट्रिक टन १६८ रुपिँया सस्तो पर्ने देखिएको छ । आईसीवाईबाट एमएस वायर रड ल्याउँदा प्रतिटनको लोडिङ–अनलोडिङ र २५ किमीसम्मको ढुवानी खर्च ४४० रुपिँया तोकिएको छ । यसबाहेक आइसीवाईमा टनको ३२ रुपिँया पार्किङ शुल्क छ । यसरी लोडङ्ग–अनलोडिङ, ढुवानी र पार्किङ खर्च गरेर प्रतिटन ४७२ रुपिँयाको खर्च पर्नेछ ।
एनसीवाईबाट एमएस वायर रड ल्याउँदा प्रतिटनको लोडिङ–अनलोडिङको ४०० र ढुवानी खर्च २४० गरी ६४० रुपिँया तोकिएको दावी गरिएको छ । आइसीवाईबाट ४७२ र एनसीवाईबाट ६४० खर्च हुँदा प्रतिटनको १६८ रुपिँया अन्तर हुने शारडा बताउनुहुन्छ ।
एक र्याकमा कम्तीमा २६ सय टन एमएस वायर रड आउँछ । आइसीवाईबाट ल्याउँदा प्रतिटन १६८ का हिसाबले एक ¥याक एमएस वायर रडमा ४ लाख ३६ हजार ८ सय रुपैयाँ सस्तो पर्छ । त्यसैले एनसीवाईबाट आयात हुन नसकेको हो । फलामे सामग्रीको अर्को कच्चा पदार्थ एचआर सिट एनसीवाईबाट ल्याउँदा त अझ महँगो पर्ने देखिएको छ । एचआर सिटबाट सीआर सिट बन्छ । सीआर सिटबाट
स्क्वायर पाइप, एंगल, च्यानल आदि उत्पादन गरिन्छ । यही एचआर सिट आइसीवाईबाट ल्याउँदा प्रति टनको लोडिङ–अनलोडिङसहित २५ किमीसम्मको ढुवानी ४१६ र पार्किङ चार्ज ३२ गरेर ४४८ रुपिँया पर्ने गरेको छ । एनसीवाईबाट ल्याउँदा लोडिङ–अनलोडिङको ४ सय र २५ किमीसम्मको ढुवानीको २२० गरी प्रति टन ६२० रुपैयाँ निर्धारण गरिएको दावी छ । यसरी एनसीवाईबाट एचआर सिट ल्याउँदा प्रति टन १७२ रुपैयाँ महँगो पर्छ । एक ¥याकमा २५ सयदेखि ३ हजार टन सम्म एचआर सिट आउँदा आईसीवाई भन्दा ४ लाख ३० हजार रुपिँया सस्तो पर्ने बताइन्छ ।
एनसीवाईमा रेलकार्गो ल्याएर मालवस्तुको ह्यान्डलिङ र ढुवानी गर्ने कार्यको शुल्क तथा दररेट नेपाल इन्टरमोडल यातायात विकास कम्पनीले निर्धारण गरेको थियो । उद्योगीहरुले सरकारले समितिलाई आइसिपीको व्यवस्थापकीय पक्षको जिम्मा दिएकोले निजी क्षेत्रसँगको सहकार्य बिना नै दररेट तोकिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
विराटनगरस्थित आईसिपी व्यवस्थापन गर्ने जिम्मेवारी ट्रान्स नेपाल फ्रेट सर्भिसेज कम्पनीलाई दिइएको थियो । अहिले योसँगै टिआरएस लोजीपार्क समेत भेन्चरमा जोडिएको छ । त्यसैले ट्रान्स नेपाल टिआरएस लोजीपार्क कम्पनीले अहिले कार्गो व्यवस्थापन गर्दै आएको छ ।

यसका व्यवस्थापक लक्ष्मी सुब्बाले भने ह्याण्डलिंङ शुल्कको गुनासो लिएर कुनै उद्योगी अहिलेसम्म नआएको दावी गर्नुभयो । उहाँले नेपाल सरकारले तोकेको शुल्क आइसिपीको व्यवस्थापन हेर्दै आएको कम्पनीसँग बढी भयो भनेर नहुने बताउनुभयो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक तथा प्रवक्ता हरीकृष्ण मिश्रले पहिलो कार्गोरेल उद्घाटनपछि विराटनगरमा निजी क्षेत्रसँग गरेको छलफलबाटै दररेट निर्धारण गरिएको दावी गनुभयो । उहाँले पहिले कार्गोरेल सञ्चालनमा आउनु सबैभन्दा ठूलो उपलब्धी भएकोले ह्याण्डलिङ तथा व्यवस्थापकीय पक्षमा भएका कतिपय गुनासोहरु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत हल खोज्न निजी क्षेत्रसँग आग्रह गर्नुभयो ।

सडक र कार्गो ढुवानीमा फरक
विराटनगरको आइसिपीस्थित भन्सार कार्यालयमा मालवस्तुका ट्रक र लरीसहित दैनिक ३०० वटा ढुवानीका साधन आइपुग्छन् । यसमध्ये ८० प्रतिशत साधनले भारत र बाँकी २० प्रतिशतले तेस्रो मुलुकका मालवस्तु ढुवानी गरेका हुन्छन् । कोलकाताबाट विराटनगरसम्म सडकमार्गबाट मालवस्तु ल्याउँदा प्रति किलो भारु ३ देखि ४ सम्म ढुवानीखर्च पर्नेहुन्छ । एक ट्रकमा १५ टनको आधार मान्दा ढुवानीखर्च भारु ४५ देखि ६० हजार हुन्छ । यता यही मालवस्तु रेलमार्गबाट आयात गर्ने हो भने ढुवानीखर्चमा ३५ प्रतिशतले बचत हुन्छ । यस हिसाबले १५ टन मालवस्तु कोलकाताबाट कार्गोरेलमा विराटनगर ल्याउँदा भारु २९ हजार २५० देखि ३९ हजारसम्ममा आइपुग्छ । यस हेर्दा १५ हजार ७५० देखि २१ हजारसम्मको बचत हुने देखिन्छ । तर, एनसीवाईमा आउने कार्गोरेल आइसिवाईको प्रक्रिया पु¥याएर मात्रै आउँछ । त्यहाँका भन्सार क्लियरेन्स गरेपछि नेपाल कष्टम यार्डमा कार्गो अनलोड गर्न आउने हो । इन्डियन कष्टम र नेपाल कष्टम नजिक रहेका कारण कार्गोरेलमै ढुवानी हुने सामानको ह्याण्डलिङ शुल्क किन बढी बुझाउने ? भनेर उद्योगीहरुले अल्छि गरिरहेका हुन् ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी भने नेपाल सरकारले गर्नुपर्ने सहजीकरणको पक्षमा निजी क्षेत्र आसावादी रहेको बताउनुहुन्छ । उहाँले पूर्वका उद्योगीका लागि कार्गोरेल सुनौलो उपहार भएकोले एनसीवाईमै मालवस्तु ह्याण्डलिंक गर्नुपर्ने दायित्वलाई क्रमशः पुरा गर्दै लैजाने बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्