प्रधानमन्त्री प्रचण्डलाइ तत्काल राजिनामा दिन दबाब

<span class='c1'>प्रधानमन्त्री प्रचण्डलाइ तत्काल</span> <span class='c2'>राजिनामा दिन दबाब</span>

सत्ता साझेदार काँग्रेस नेता डा. रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिनुभएको छ ।
नेता महतले बैशाख मसान्तभित्रै राजीनामा दिने सहमतिबाट पछि हटेको भन्दै प्रधानमन्त्री दाहालको कडा आलोचना गर्नुभयो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री दाहालले राजीनामा नदिएर मुलुकलाई अनिश्चयको भूमरीमा फसाउने काम गरेको आरोप पनि लगाउनुभयो ।
काँग्रेस नेता महतले विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने गरी बजेट ल्याउन पनि सरकारलाई सुझाव दिनुभयो । पूर्व अर्थमन्त्री समेत रहनुभएका उहाँले विकास खर्च बढाउने र चालू राष्ट्रिय गौरवका आयोजनाहरुलाई छिटो सम्पन्न गर्न बजेटले उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पार्नुभयो । नेता महतले निर्वाचन आचारसंहिताविपरीत हुने भएकाले सरकारले बजेटमा नयाँ कार्यक्रम ल्याउन नमिल्ने तर्क पनि गर्नुभयो ।
नेता महतले स्थानीय तहको पहिलो निर्वाचनमा पार्टीले अपेक्षा गरे अनुसार परिणाम आउन नसकेको पनि स्वीकार गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्